काठमाडौं ।आज बिहान पोखराको बेगनास तालमा परराष्ट्र मन्त्रालयका एक कर्मचारी मृत फेला परेका छन् । बिहान साढे ८ बजेतिर परराष्ट्र मन्त्रालयमा कार्यरत नायव सुब्बा अनुप भण्डारी तालमा मृत फेला परेका हुन् ।
ती ३१ वर्षीय भण्डारीको घर उदयपुर भएकाे बताइएकाे छ । परिचयका पत्रका आधारमा उनको पहिचान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।तालको छेउमा पानीमा डुबिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमाण्डमा टोली खटिएको छ । शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ। शबकाे सामान्य प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको बताइदैछ ।