भारतको मणिपुर फैलिएको जाातिय साम्प्रदायि दंगा यतिबेला गम्भीर स्थितिमा पुगेको समाचार छ । त्यस राज्यका पाँच जिल्लाका घर घरमा तोडफोड, आजगजी र सम्पत्ति, गिर्जाघर र मन्द्रहरुमाथि हमलाहरु भएका छन् । परस्पर झडपमा दर्जनौ मानिसहरु हताहत र हजारौं घाइते बनेका छन् । अहिले मृतकको संख्या पाँच दर्जन करीब पुगेको र हजाराौं घाइते भएको समाचार छ ।
सेना र केन्द्रीय पुलिस फोर्सको तैनाथी पछि स्थितिमा केही नियन्त्रण आएको भए पनि घटनाहरु अहिलेसम्म पनि घटिरहेको र मानिसहरु घरघरमा र बिभिन्न क्षेत्रमा फँसिरहेको बताइएको छ । हजारौ मानिसहरु घरबाट बिस्थापित भइसकेको बताइएको छ ।
त्यहाँको भाजपाको राज्य सरकारले बिकसित हुदै गएको बिकराल स्थितिको अनुमान लगाउन बिफल रहेको र शान्ति सुब्यवस्था कायम गर्ने कोशिश गर्न पनि यसरी बिलम्ब भएको बताइएको छ । बन सुरक्षाको नाममा मणिपुरका पहाडी क्षेत्रहरुमा ठूलो स्तरमा मानिसहरुलाई बेदखल गर्ने र कथित ‘बाहिरी मानिस’ हटाउने आदेश दिने राज्य सरकरको नीतिले सन्त्रास फैलाउन मलजल गरेको छ र त्यसका बिरुद्ध पहाडी जिल्लाहरुमा ब्यापक बिरोध प्रदर्शनहरु भएका छन् ।

त्यहाँका नेपाली भाषी क्षेत्र भने अहिलेसम्म सुरक्षित रहेको बताइएको छ । काङलातोम्वी, कालापहाड, तोरीवारी, नुनपानी, मुकुली, चन्द्रमान, सेती खोलालगायत क्षेत्रमा करिब ५० हजार हाराहारीमा नेपालीभाषी बसोवास गर्छन् ।
सरकारले जनताका समस्याहरु हल गर्न पहिला तत्कालै स्थितिलाई शान्त र सामान्य स्थिति बहाल गर्न तथा राज्य र केन्द्र सरकारले बिस्थापित सम्पूर्ण मानिसहमरुलाई पुनर्बास गराउन तत्कालै कदम चाल्नु पर्ने माग पनि त्यहाँ भइहरेको छ । त्यसका लागि राज्य सरकारले सर्बदलीय बैठक बोलाओस् र स्थितिलाई सही तरीकाले हल गर्न एकजुट तुल्याओस भन्ने पनि जन पक्षीय शक्तिहरुले माग गरिरहेका छन् ।
