बिश्वका बिभिन्न देशहरु परस्पर लड्नुको साटो साझा समस्याका बिरुद्ध मिलेर लड्नु पर्दछ अनि माात्र शंघाई सहयोग संगठनको बैठकको सार्थकता हुने छ । कुरा त्यतिबेला ठीक लाग्न जान्छ जब भारतको गोवाको सामुद्रिक लहरहरुबाट शान्तिको कुनै स्वर सुनाइ देओस् । यस्तो स्वतर जसले तेश्रो बिश्व युद्धको सँघारमै पुगिसकेकााके बिबश्वलाई सकारातमक सन्देश दिनाम सफल होओस् । यो शंघाई सयोग संगठनका आठवटा देशहरुको बिदेश मन्त्रिस्तरीय बैठकले हुन त त्यस्तो खाश कुनै निष्कर्श ठोस आशा पनि थिएन । त्यस बैठकमा चीन एकातिर अर्कोतर्फ भारत, पाकिस्तान लगायत युक्रेन युद्धमा उल्झिरहेको रुस पनि रहेको त्यो दुइ दिबसीय बैठकमा सामेल थियो । यस्तो लडाईको अन्त्य कहिले कसरी हुने हो लडाईंको आगो झोस्ने बाहेक कसैलाई थाहा हुने कुरा पनि भएन ।
कारोना महामारीले आक्रान्त भएको बिश्वले बिस्तारै बिस्तारै लय पक्रिन थालेको छ । बितेको दुइ बर्षमा बिश्वले जे जति गुमायो त्यसको भरपाई गर्न दशकौ लाग्ने जानकारहरु बताइरहेका छन् । यद्यपि यस महामारीको क्रममा संसारले कतिपय कुुुरा सिक्यो पनि ।
यसको सबैभन्दा ठूलो शिक्षा के रह्यो भने हामी मानिसले आफुलाई जतिसुकै शक्तिशााली ठानेपनि प्रकृतिका सामुमा हामी धेरै नै कमजोर रहेका छौं । अनि फेरि कोरोना कालको यो शिक्षालाई हामीले आफ्नो आचरण र ब्यवहारमा किन लागु गर्न सक्दैनौ ? आज रुस र यूक्रेनका बीच जुन युद्ध चलिरहेको छ त्यसको परिणाम के हुन्छ सबैलाई थाहा छ । यसमा कसैले जित्दैन तर पराजय केवल मानबताको हुन्छ ।
आज बिश्वका अधिकांश देशहरुमा गरीबी, अकाल र बेरोजगारी जस्ता गम्भीर समस्याहरु छन् । अर्कोतिर आतंकबादले पनि ठूलै कठिनाई उत्पन्न गरिराखेको छ । तर न त रुस मान्न तयार र छ न त यूक्रेन नै । यो लडाई रोकेर शान्ति स्थापना गर्न चीनले १२ बूँदे शान्ति प्रस्थाव राखेको छ तर त्यसले कुनै गति लिन सकेको छैन ।
अर्कोतिर इजरायल, इरान र सीरिया पनि लामो समयदेखि बिबाद र युद्धजन्य स्थितिमा उल्झिरहेका छन् भने सुडान त दुइ सैनिक जनरलको हठले गर्दा बर्बादीको डीलमै पुगिसकेको छ । अनि पाकिस्तानमाा पनि कंगाल हुने स्थितिमा पुग्नै लागेको छ। तै पनि हात हतियारमा खर्च गर्न पछि परेको छैन ।
बास्तवमा आज संसारमा हतियारहरुमाथि जति धेरै खर्च गरिरहेको छ त्यसको परिणाम पनि बिनाश र बर्बादी बाहेक केही हुने देखिदैन । वास्तबमा आज बिश्वमा जति हात हतियारमा खर्च भइरहेको या गरिदैछ त्यो धनबाट त अनेक ठूल्ठा समस्याहरुलाई समूल नष्ट पार्न र सही दिशामा अघि बढ्न सकिन्छ । के पनि बुझ्नु पर्ने आवश्यकता आज ज्वलन्त छ भने कसैलाई पनि युद्धले जित्न सकिने छैन । किनकि युद्ध मा सर्ब बिनाशकारी हतियार प्रयोग हुँदा त्यसले जो कसैलाई पनि समाप्त पार्दछ ।
त्यसैले बिश्वका देशहरु हठपूर्वक परस्परमा लड्नु भन्दा त्यसलाई छोडेर समस्याहरुको ठोस बार्ताको पहल र राजनीतिक तवरबाट हल गर्नु सर्बोत्तम उपाय हो । यसो गर्न गराउन सकेमा मात्र शंघाई सहयोग संगठन जस्ता संगठनहरुको उच्च बैठकहरुको सार्थकता पनि हुन्छ । अनि साझा समस्या र चूनौतिहरु प्नि हल भएर जान्छन् ।