शनिबार, आश्विन १७ गते २०८३

 काेभिड -१९काे बिश्वब्यापी स्वास्थ्य संकटकाल अब छैन : बिश्व स्वास्थ्य संगठन

बैशाख २३, २०८० शनिबार
 काेभिड -१९काे बिश्वब्यापी स्वास्थ्य संकटकाल अब छैन : बिश्व स्वास्थ्य संगठन


कोभिड – १९ महामारीलाई लिएर अब बिश्वब्यापी स्वास्थ्य संकटकाल नरहेको बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । यस संगठनले जारी गरेको बिज्ञप्तिले यसको संकेत दिएको र यसलाई महामारी अन्त्य भएको कदकोरुपमा लिइएको छ । कोभिड १९ भाइरसलाई लिएर यो बिश्व संस्थाले लिएको सबैभन्दा उच्च तहको सतर्कता अब हटाएको छ । 

भाइरस.jpg
डब्लुएचओका उच्च अधिकारीहरुले जनाए अनुसार कोभिड माहामारीको साप्ताहिक मृत्यु दर दुइ बर्ष अघि सन् २०२१ के जनवरीमा एक लाखभन्दा बढीको उच्च बिन्दूबाट बितेको सााढे तीन महिनामा तीन हजारमा छरेको छ । संस्थाका महानिर्देश डा.टड्रोस गेब्रेयले बिश्वका देशहरु अब आपतकालको स्थितिबाट उल्लेख्यरुपमा खतराकको ब्यवस्थापन गर्ने अबस्थामा प्रवेश गर्न सक्ने बताएका छन् । तर उच्च सतर्कता हटाउनुको अर्थ खतरा सकिएको होइन भन्ने पनि प्रष्ट पार्दै स्थिति फेरिएमा यो सतर्कतालाई पुनः शुरु गर्न सकिने पनि औंल्याएका छन् ।
एनले आपतकाली समितिको १५औं बैठकको सिफारिश अनुसार आफुले संकट काल समाप्त गरेको उल्लेख गरेका छन् । यो महामारीबाट बिश्वमा ७० लाख मानिसको ज्यान गएको पुष्टी भए पनि यो संख्या अझै धेरै बढ्न सक्ने पनि बताएका छन् ।