आइतबार, कार्तिक ९ गते २०८३

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने 

बैशाख २२, २०८० शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने 


नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने लागेको हो ।  बैंकले प्रभु क्यापिटललाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । त्यससम्बन्धी सम्झौता पत्रमा   हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।