आइतबार, कार्तिक ९ गते २०८३

गरिमा विकास बैंकले भुरुङ तातोपानीमा सुरु गर्याे एटिएम सेवा  

बैशाख २१, २०८० बिहीबार
गरिमा विकास बैंकले भुरुङ तातोपानीमा सुरु गर्याे एटिएम सेवा  

 

गरिमा  विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने र्यटकहरुलाई लक्षित गरि एटिएम सेवा सुरु गरेका छ ।  एक कार्यक्रमकाबीच  बैंकका संचालक  दिपेन्द्र श्रेष्ठ  र उक्त गाउँपालिका अध्यक्ष  भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका थिए ।

म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको  छ ।  बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट÷क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।