आइतबार, कार्तिक ९ गते २०८३

बोर्डले दियो थप १३ कम्पनीलाई आशयपत्र ,६ महिनाभित्र पुर्वाधार तयार गर्नुपर्ने

बैशाख २१, २०८० बिहीबार
बोर्डले दियो थप १३ कम्पनीलाई आशयपत्र ,६ महिनाभित्र पुर्वाधार तयार गर्नुपर्ने


 केहि दिन अघि १६ कम्पनीलाई आशयपत्र ( एलओई )प्रदान गरेको  नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि एलओआई प्रदान गरेको छ । 

 बोर्डले सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटीज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्यूरिटिज प्रालि र मियो सेक्युरिटिज प्रालिलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो । 

यस अघि गत बैशाख १८ गते १६ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि एलओआई प्रदान गरेको थियो । नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, मेघा स्टक मार्केट, हिमालयन ब्रोक्रेज कम्पनी, सिविआईएल सेक्युरिटिज, केविएल सेक्युरिटिज, एमएमबि सेक्युरिटिज, आरबिबि सेक्युरिटिज कम्पनी, सानिामा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटि, इन्फिनिटी सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसएस सेक्युरिटिजले ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्राप्त गरेका थिए । 

बोर्डका अनुसार एलओआई प्राप्त गरेका कम्पनीहरुले ६ महिनाभित्र पुर्वाधार तयार गर्नुपर्नेछ ।