आंशिक-बाेल्न र लेख्न पाउनु प्रजातन्त्र आयाे रे
सापेक्षिक वाक स्वतन्त्रता गणतन्त्र आयाे रे,
पूर्ण प्रेश स्वतन्त्रताकाे ठूल्ठूला नारा लायाे रे,
जनस्तर मनुवा भन्छन् हाम्राे जीवन के लछ्याराे ?
नत गाउलेकाे दुःख र किसानकाे समस्या हट्याे,,
नत मिटर ब्याजी र साहुकर बैककाे ब्याज घट्याे,
बरु पुलिसले लखेट्याे.......
तै पनि आयकाे लाेकमा शुभकामना भन्न मन लाग्याे।
१
अस्ती राणा बिरुद्व बाेल्न नपाउने,
जनताले हटाए अर्काे ठालु आयाे।
हिजाे राजा बिरुद्व बाेल्न नपाउने, हाम्ले लड्याै रगत बगायाै
शहीदमा गिन्ति भयाै, अर्काे आयाे,
आज अर्काेहरुका बिरुद्व बाेल्न लेख्न खई त जनले सहजै पाएकाे ?
सत्ता बिरुद्व बाेल्नेहरु, सत्य लेख्नेहरु खई त पुरस्कार पाएकाे ?
तर पूर्ण लाेकतन्त्र आएकाे, पूर्ण बाेल्न लेख्न अझै नपाएकाे
यसैले धेरै थाेरै पाएकाेले सुभकामना, भन्न मन लाग्याे....
२
प्रेश स्वतन्त्रता राज्यकाे चाैथाे अङ्ग
सबै एउटा दल र सत्तामा छन रङ्ग
सबै मिलिभगत राज्य संगै संग
लेख्ने बाेल्ने लड्ने चै कस्ले काे संग?
लाेकमा नानावलीकाे पत्रपत्रिका सहरकाे उच्च मध्यम बर्ग सँग
गाउले गरीब किसान र भाेकै बस्ने
बाेल्ने लेख्ने काे सँग? भन काे सँग?
तै पनि यत्र तत्र सर्वत्र भाति भाति लेख्न बाेल्न पाईयाे, आफैले लेखेर
आफै दंङ्ग हुन पाईयाे,यसैले सुभकामना भन्न पनि पाईयाे।
३
यस आलाेकमा लाेकतन्त्रकाे याैटा सुन्दर उपहार - बाेल्न दिएकाे छ,
आंशिक सचेत जनले आफ्नाे आवाज उठाउनसम्म पाएकाे छ।
पहुच हुनेले सञ्चार माध्याममा खेति नै गरेकाे छ।
उसाे त गाउमा पनि बाहिरबाट टिकटकदेखि फेसबुक पनि भरेकाे छ
यता न उता त्यस्काे खेति चलेकाे छ
यसैले प्रेश स्वतन्त्रता दिवसकाे शुभकनमना भनिदिन मन लाग्याे।
*कवि, लेखक एवं अधिकारकर्मी हुन्
सीताराम थापा