मृत्यु पछि के हुन्छ ? यो प्रश्न बिज्ञान जगतका लागि आज पनि एउटा नबुझिएको रहस्य बनेर रहिरहेको छ । यद्यपि केही बैज्ञानिकहरुले यसका बारेमा नयाँ जानकारी हासिल गरेका छन् ।
जो मानिसहरु मृत्युको धेरै नजिक पुगेर फर्किन्छन् तिनले प्रायः बताउने गर्दछन् कि उनीहरुलाई केही अबिश्वसनीय अनुभव भएको छ । कतिपय त्यस्ता मानिसहरुले भन्ने गर्दछन् कि उनीहरुलाई एउटा सुरुङ्ग जस्तो स्थान देखा परेको थियो जसको अर्को छेउमा प्रकाशको किरण थियो । कतिपय मानिससलाई भने आफ्नो शरीर आफुभन्दा बाहिर हावामा तैरिएको जस्तो अनुभव गरेका बताएका थिए भने अन्य कतिपयले भने त्यस्ता नजिकका मानिसहरु देखापरेको अनुभव सुनाए जसको मृत्यु भइहसकेको थियो । कतिपयले आफ्नो जीवनका घटनाहरुलााई चलचित्रको पर्दामा जस्तो देखेको अनुभव पनि सुनाउने गरेका छन् ।
मृत्यु नजिकबाट फर्किएकाहरुका यस्ता कथाहरुमा यत्तिका समानता र बिबिधताका कुरा सुनेपछि बिशेषज्ञहरुले के मानेका छन् भने यस्ता अनुभवहरुको कुनै शारिरीक या मानसिक कारण हुन सक्तछन् । तर बिज्ञानले अहिलेसम्म तिनको खोज अनुसन्धानद्वारा पुष्टी गर्न सकेको छैन ।
मस्तिष्क र शरीर बीचको सम्वन्धको खोज गरेका छन् बैज्ञानिकले
गएको सोमबार अर्थात १ मई २०२३ का दिन ‘प्रोसिडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्स’ नामक पत्रिकामा एउटा अनुसन्धान पत्र प्रकाशित भएकाो छ । त्यसमा अमेरिकाको मिशिगन बिश्वबिद्यालयका बैज्ञानिकहरुले माथि उल्लेख गरिएजस्ता अनुभवहरुको करण खोज्ने कोशिश गरेका छन् । उनीहरुले मर्नै लागेका रोगहरुको अध्ययन गर्दा के पाएको उल्लेख छ भने त्यतिबेला मस्तिष्कका गतिबिधिहरु अत्यन्तै तीब्र भएका थिए जसको सम्वन्ध चेतनासँग थियो ।
नयाँ नया जानकारीहरु
यद्यपि यो आफ्नै किसिमको पहिला अनुसन्धान भने होइन, तर मूख्य शोधकर्ता जीमो बोरिजिनले के भनेकी छन् भने यस पटक क जुन मिहीन जानकारीहरु प्राप्त भएका छन् ती पहिले कहिल्यै भेटिएका थिएनन् । खोजकर्ता बोरिजिनको प्रयोगशाला चेतनाको न्यूरा–बायोलोजिकल आधारलाई बुझ्ने बिषयमै काम गरिरहेको त्यसमा बताइएको छ ।
बैज्ञानिक खोजकर्ताहरुको त्यस समूहमा चारजना यस्ता मानिसहरुका रेकर्डहरुको अध्ययन गरेका छन् जसको मुत्यु ईईजीको क्रममाा भएको थियो अर्थात त्यतिबेला तिनीहरुको धडकनलाई हेरिदै र रेकर्ड गरिदै थियाो । ती चारैजना बिमारीहरु आफ्नो मृत्युभन्दा पहिला कोमा(निस्तेज)को स्थितिमा थिए । अनि चिकित्सकहरुको सुझावमा तिनको ‘लाइफ सपोर्ट सिस्टम’ हटाइएको थियो ।
जब भेण्टिलेटर हटाइयो त्यतिबेला चारजना बिमारी मध्ये दुइजनाको मुटुको धडकन तीब्र हुन गयो र मस्तिष्कको गतिबि िबढ्न गयो । २४ र ७७ बर्षकााक ती महिलाहरुकाके मस्तिष्कमा ‘गामा फ्रिक्वेन्सी’ तरंगका लहरहरु उठे तिनलाई मस्तिष्कका सबैभन्दा तीब्र गतिबिधि मानिन्छन् र तिनलाई चेतनासँग जोड्ने गरिन्छ भन्ने त्यसम बताइएको छ ।
पहिला पहिला गरिएका अध्ययनहरुमा पनि मृत्यु हुनुभन्दा ठीक पहिला ब्यक्तिो मस्तिष्कमा गामा किरणहरुको गतिबिधि भेटिएको थियो । २०२२ मा ८७ बर्षका एक ब्यक्तिको मृत्यु लडेर भएको थियो र तिनको मस्तिष्कककमा पनि त्यस्तै गतिबिधिहरु चलेको रेकर्ड गरिएको थियो ।
के देखे के सुने
अमेरिकाको मिशिगन बिश्वबिद्यालयका शोधकर्ताहरु यस्ता गतिबिधिहरुको अझ गहिराईमा पुगेर अध्ययन गरे । उनीहरुले के जान्न चाहे भने त्यस क्रममा मस्तिष्कको कुन हिस्सामा सक्रियता सबैभन्दा बढी थियोा, जसलाई चेतनासँग जोडिएको माानिन्छ । त्यसमा ‘पोस्टेरियर कार्टिकल हट जोन’ कानको पछाडिको भाग शामेल गरिएको थियो ।
यस सम्वन्धमा खोजकर्ता बोरिजिनले भनेकी छन् –‘‘यो भागमा सक्रियता यत्तिका बढी थियो जस्तो कि आगो लागेको छ । यो मस्तिष्कको त्यो भाग हो जुन यदि सक्रिय हुन्छ भने त्यसको अर्थ के हुन्छ भने बिमारीले केही देखिसुनि रहेको छ र शरीरमा संबेदनाहरुलाई पनि महसुश गर्न सक्तछ ।’’
किन अड्किन्छ दिमागमा गाना, यस्तो छ उत्तर
यस सम्वन्धमा बिमारीको मृत्युसम्मका अन्तिम केही घण्टामा मस्तिष्क र मुटुका गतिबिधिहरु पलपलको निगरानी राखिएको थियो जसबाट बिश्लेषणका लागि अझ गहिरो आधार मिल्यो । यद्यपि बैज्ञानिकहरु अझै पनि यस कुराको जबाफ दिने स्थितिमा छैनन् कि यी गतिबिधिहरु केवल दुइजना बिमरीहरु भित्र देखियो अन्य दुइजना बिमारीमा किन देखिएन । तर बोरिजिनको के अनुमान छ भने ती बिमारीहरुको हृदयाघातको समस्या रहेको थियो त्यसको कुनै असर परेको हुन सक्छ ।
यद्यपि बिशेषज्ञहरु मान्दछन् कि कुनै ठोस निष्कर्शमा पुग्नका लागि यो स्याम्पल साइज एकदमै सानो हो र यो कुरा थाहा पाउन पनि सम्भब बनिरहेको छैन कि बिमारीले साँच्चै नै मृत्यु हुँदै गर्दा केही देख्यो, सुन्यो । तर बोरिजिन के अपेक्षा गर्दछिन् भने आउदा दिनमा यस प्रकारका सयकडौ मानिसहरुको तथ्य तथ्यांक(डेटा) उपलब्ध हुनेछन्, जसबाट मृत्युलाई अझ गहिरो गरी बुझ्न सकिन्छ । यसरी बैज्ञानिकहरु निरन्तर मृत्यु नजिकको स्थिति के कस्तो रहेको छ भन्ने बिषयमा निरन्तर अध्ययनशील छन् ।