
सीताराम थापा*
श्रमिक दिवसकाे दिन मात्र सरकारी तामझाम,
दिवसकाे दिन श्रमिककाे मुखमा माड लाग्न
श्रमिककाे निदारमा निलडाम
श्रमिक दिवसमा बिदा गरेर जनताकाे ठुलाे लगानि,
सरकार, दल र नेता यहि दिन सदैब भाषणमा कुर्लने,
यसैले माफ पाम् ! श्रमिक दिवसकाे शुभकामना दिने कष्ट गर्न सकिएन।
१
बेराेजगार भाेकै, श्रमिककाे लागि साना किसान बैक राेके,
दल र नेताले संघियताकाे नाममा धाेके,
महंगि र आर्थिक मन्दिले श्रमिक जनताकाे ढाड सेके,
यसलाई लाेकतान्त्रिक-गणतन्त्रकाे राज्य बाेके
यसैले माफ पाउ, श्रमिक दिवसकाे शुभकामना दिने कष्ट गर्नै सकिएन।
२
मालिकहरुको भिडमा श्रमिकको कुनै मुल्य हुन्छ र...
अहंकारी समाजमा कुनै श्रमकाे मान्यता हुन्छ र...
ढाेंगि संस्कृतिमा कुनै श्रमिककाे सम्मान हुन्छ र...
माफ दिनुहाेस, श्रमिक दिवसकाे दिन सुभकामना दिन सकिएन।
३
खेतबारी बाझाे राख्ने परिवर्तनले उत्पादनकाे माग गर्छ र
युवा बिदेस पठाउने फेरबदलले श्रमकाे आवश्यक्ता ठान्छ र
लुकेर जडिबुटि बिदेसमा बेच्ने गणतन्त्रले, स्वदेसमा उत्पादन गर्छ र
यसैले क्षमा पाउ, श्रमिक दिवसमा शुभकामना दिने आट गरिएन।
* कबि थापा नागरिक अभियान्ता हुन्।