शनिबार, आश्विन १७ गते २०८३

१३४औं मई दिवस राजधानीमा सम्पन्न, सही दिशाबाेधकासाथ मजदुर आन्दोलन उठाउन जाेड

बैशाख १८, २०८० सोमबार
१३४औं मई दिवस राजधानीमा सम्पन्न, सही दिशाबाेधकासाथ मजदुर  आन्दोलन उठाउन जाेड

आज काठमाण्डौमा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल,अखिल नेपाल ट्रेड यूनियन महासंघ(अण्टुक) प्रगतिशील मजदुर संघ नेपाल र अखिल नेपाल मजदुर यूनियनको संक्युक्त तत्वाबधानमा  आयोजित १३४औं अन्तर्राष्ट्रिय मई दिवसको कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु,बिभिन्न मोर्चा र अभियानका नेताहरुले बिश्व मजदुर आन्दोलनका ज्वलन्त समस्या, चूनौति र सम्भवनाका बिबिध पक्षमा गम्भीर बिषयहरुको उठान गर्दै तिनको समाधानका लागि सामुहीक र सामयिक गतिबिधिहरु अघि बढाउन पर्ने निष्कर्श निकाले । उनीहरूले नाफा-केन्द्रित र शाेषणकारी साम्राज्यबादले गर्ने गरेकाे प्रकृतिकाे निर्मम दाेहन र समाजकाे चरम शाेषणले मानब सभ्यता र अस्तित्वमाथि नै ठूलाे संकट पैदा गरेकाे उल्लेख गर्दै बहुसंख्यक जनताकाे पक्षमा अर्थ-राजनीतिक तथा सामाजिक-साँस्कृतिक रूपान्तरणकाे सही बाटाे पहिल्याएर अघि बढ्न बिलम्ब गर्न नहुने बताए ।  बक्ताहरुले मजदुर आान्दोलनका कमजोरीहरु उपभोक्ताबाद, अर्थबाद र औसरबादको उल्लेख गर्दै निष्ठाबान र बर्गप्रति समर्पित आन्दोलनको बिकास गर्ने सही दिशाबोध गरेर अग्रसर भए मात्र यी समस्याहरु  हल हुन सक्ने कुरा औंल्याएका थिए । 

शुरूमा अखिल नेपाल मजदुर यूनियनका इञ्चार्ज तथा नेकपाका सचिव डा. महेन्द्र जोशीले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदी, राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक नारायण शर्मा, मार्क्सबादी एकता अभियानका संयोजक डा शम्भू कट्टेल,प्रगतिशील रूपान्तरणका केन्द्रिय सदस्य द्वय ज्योतिलाल बन र पुष्कर गौतम, नेकपा मार्क्सबादी (पुष्पलाल)का अध्यक्ष मानध्वज गुरूङ्ग, नेकपा रातो ताराका महासचिव लक्ष्मण उप्रेती, नेता भाेजराज, नेकपा २००६ का नेता रामकुमार आहत, नेकपाका कोषाध्यक्ष तथा महिला नेतृ सीता सुबेदी र नेकपाका सचिवालय सदस्य नरेन्द्रबहादुर तण्डुकार,अखिल नेपाल महिला संघ, केन्द्रीय संगठन समितिका महासचिव मनु विक, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, अखिल नेपाल किसान (महासंघ) का यमप्रसाद शर्मा, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सागर भण्डारी,संयुक्त क्रान्तिकारी मोर्चाका सदस्य भूमि देवकोटा, डाइलेक्टिक सोसाइटीका यूवा नेताद्वय बिनोद लोहनी र प्रशन्न पराजुली तथा मार्क्सबादी  पुष्पलाल मञ्चका सदस्य बुद्धि सागर भट्टराई लगायतले कार्यक्रममा महत्वपूर्ण बिचार राखेका थिए ।
मजदुर संघर्षका बीर तथा अमर शहीदरूप्रति उच्च सम्मान प्रकट गर्दै अघि बढेकाे साे कार्यक्रमकाे अध्यक्षता माेर्चाका संयाेजक नारायण शर्माले गरेका थिए भने कार्यक्रमकाे अन्त्यमा मजदुर बर्गसँग सम्बन्धित क्रान्तिकारी नारा गुञ्जााइएकाे थियाे । कार्यक्रमकाे अन्त्यमा मिटरब्याज पीडित संघर्षशील किसानहरूकाे सहयाेगार्थ कार्यक्रम स्थलमा उठाइएकाे रू ३,६०० (तीन हजार ६ सय) ज्याेतिलाल बन मार्फत  प्रदान गर्ने जिम्मा दिइएकाे थियाे ।


कार्यक्रमको फोटो फिचर यस प्रकार छ :

Labourday.jpgMayday10.jpgMayday3.jpgmadya5.jpgMaydaytidat.jpgMayday7.jpgmayday9.jpgMadya4.jpg