चालु आर्थिक वर्ष २०७९ \८० को दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको दास्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर १.१ प्रतिशतले संकुचित भएको केन्द्रीय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यसै आर्थिक बर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर १.७ प्रतिशत रहेको थियो । दोस्रो त्रैमासमा भने आर्थिक मन्दीका कारण आर्थिक वृद्धिदर नकारात्मक बन्न पुगेको छ ।
केन्द्रीय तथ्यांक कार्यालयका अनुसार मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १.१ प्रतिशतले कमि हुने प्रारम्भिक अनुमान रहेको जनाएको छ ।
त्यस्तै मौसमी प्रभाव समायोजित आर्थिक मन्दीको असर आर्थिक वृद्धिदरमा देखिएको छ । चालु आर्थिक वर्ष २०७९\८० को दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको केन्द्रीय तथ्यांकको तथ्यांकले देखाएको छ ।