बुधबार, भाद्र ३ गते २०८३

आजको मजदुर आन्दोलन अर्थवादी, यथास्थितिवादी र उपभोक्तावादी विचलनले आक्रान्त

बैशाख १७, २०८० आइतबार
आजको मजदुर आन्दोलन अर्थवादी, यथास्थितिवादी र उपभोक्तावादी विचलनले आक्रान्त
 

मई दिवसको शुभकामना !

मई दिवसको उपलक्षमाा एक शुभकामना सन्देश प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीले विश्व मजदुर आन्दोलनकासाथै नेपालको मजदुर आन्दोलन पनि अर्थवाद, यथास्थितिवाद र उपभोक्तावादको फन्दामा परेर विचलनकारी बाटोमा लागेको भन्दै यसबााट मुक्त हुनु पर्ने यथार्थ औंल्याएको छ । विश्वभरी र नेपालका सबै क्षेत्रका श्रमजीवी मजदुरहरुलाई एक शुभकामना सन्देश दिदै पार्टीका अध्यक्ष लाोकनारायण सुवेदीले यस्ता बिचलनकारी प्रबृत्तिबाट मुक्त नभई नेपालको र बिश्वको पनि मजदुर आन्दोलनले सही बाटो लाग्न सही गति लिन नसक्ने जनाएका छन् । उनले देशको राजनीति पनि बिग्रेको र देशी बिदेशी प्रतिकृयावादी शक्ति र तिनका पछुवारेहरुको पकड बढ्दै गएकोले सम्पूर्ण श्रमजीवी जनता एक हुनुपर्ने आग्रह गरेका छन् ।

वक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

‘नेपाल कम्युनिष्ट पार्टी १३७औं अन्तर्राष्ट्रिय मई दिवसको उपलक्षमा विश्वका सम्पूर्ण श्रमजीवी जनता तथा खाशगरी नेपालका सबै क्षेत्रका श्रमजीवी जनतालाई उच्च सम्मानका साथ क्रान्तिकारी अभिबादन गर्दै मई दिवसको मर्म र भावनालाई सही तरीका बुझ्न, पक्रिन र मजदुर वर्गका साझा समस्यालाई लिएर एकतावद्ध मजदुर आन्दोलन निर्माणको सही दिशामा अग्रसर हुन जोडदार आह्वान गर्दछ ।

आजको मजदुर आन्दोलन अर्थवादी, यथास्थितिवादी र उपभोक्तावादी विचलकारी प्रबृत्तिले अत्यन्तै आक्रान्त छ । यस्ता प्रबृत्तिवाट मुक्त नभई वैज्ञानिक समाजवादको आधार तयार गर्ने नयाँ जनबादी क्रान्तिको सही दिशामा यो आन्दोलन अगाडि बढ्न नसक्ने यथार्थलाई आौंल्याउँदै यसका लागि ब्यापक अध्ययन, छलफल र अन्तरक्रियाकासाथ प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि आमूल र अग्रगामी परिवर्तनको आन्दोलनलाई सही दिशा र गतिमा अघि बढाउने ठोस निष्कर्शमा पुग्नु पर्ने ज्वलन्त आवश्यकता रहेको नेपाल कम्युनिष्ट पार्टी औंल्याउँदछ ।

अन्त्यमा, देश र जनताका आन्तरिक गडबडी र बढ्दो बाह्य हस्तक्षेपका जटील समस्याहरू हल गर्न नसक्ने र अझ जटीलतर बनाउने तथा ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच नै तीब्र अन्तरविरोधले ग्रस्त र रोगी सामन्ती दलाल नोकरशाही संसदीय ब्यवस्थाको विकल्पमा नयाँ जनवादी गणतन्त्रको स्थपानको दिशामा ब्यापक जनमत सिर्जना गर्दै सम्पूर्ण क्रान्तिकारी अग्रगामी शक्तिहरु एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको कुरा नेपाल कम्युनिष्ट पार्टी मई दिवसको यस अवसरमा पुन: दोहोर्याउन चाहन्छ । पुनः अभिवादनकासाथ एकतावध्द भएर क्रान्तिकारी दिशामा अग्रसर हुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद !