शनिबार, आश्विन १७ गते २०८३

बुद्ध एयरले थप्याे (एटिआर–७२) नयाँ जहाज

बैशाख १६, २०८० शनिबार
बुद्ध एयरले थप्याे (एटिआर–७२) नयाँ जहाज

काठमाडौँ । नेपालमाा  बुद्ध एयरले अर्काे नयाँ जहाज  ल्याएको छ । शुक्रबार साँझ बुद्धले १५औं एटिआर–७२ जहाज  नेपाल भित्र्याएको हो। नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पूर गरी एक महिनाभित्र उडान सेवा दिने जनाइएको छ । 

बुद्ध एयरका अनुसार ठुला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुन्छ र भाडादर पनि स्वतः सस्तो हुन्छ। त्यही अनुरूप ७२ सिटे जहाज भित्र्याएको हाे। 

यो नयाँ जहाजसँगै बुद्ध एयरका १५ वटा जहाज पुगेका छन्। यसमध्ये १२ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन् रहेका छन् । बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जुन १५ मा अर्को नयाँ जहाज आउने पनि बताएका छन् ।

अब धनगढी तथा सुर्खेतमा थप एउटा उडान भर्ने बुद्धको योजना छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक दुइटा उडान भइरहेको छ। यसै गरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने पनि योजना रहेकाे बताइएकाे छ।

याे बुद्ध एयरलेको हाल पोखराबाट नेपालगन्ज, भैरहवा, र भरतपुरको सिधा उडान गरिरहेको छ। अबको केही दिनपछि भद्रपुर र विराटनगरबाट 'प्राइम टाइम' मा पोखराको उडान भर्ने योजना रहेको पिन बुद्धले जनाएको छ।