नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको . छ । नेपाल सकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार १७ वैशाखदेखि बचतपत्र बिक्री खुल्ला गर्न लागेको हो ।
९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बरारको वैदेशिक रोजगार बचतपत्रमा १७ वैशाखदेखि १७ जेठ २०८० सम्म आवेदन दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत १४ फागुनदेखि ३ चैतसम्म निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रमा १२ . ५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा अहिले ११ प्रतिशत मात्रै ब्याजदर दिने केन्द्रीय बैंकले जनाएको छ ।बचतपत्रको ब्याज ६र६ महिनामा भुक्तानी हुनेछ भने उक्त बयाजमा ब्याजकर नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।
बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा दश हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन दिने सकिने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य ९बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सक्नेछन् ।