शनिबार, आश्विन १७ गते २०८३

अनुचित लेनदेन(मिटरब्याज) पीडितहरूकाे समस्या समाधान गर्न गठित आयोगद्वारा पीडित किसानकाे आबेदन आह्वान

बैशाख १५, २०८० शुक्रबार
अनुचित लेनदेन(मिटरब्याज) पीडितहरूकाे समस्या समाधान गर्न गठित आयोगद्वारा  पीडित किसानकाे आबेदन आह्वान

काठमाडौँ । नेपला सरकारले मिटरब्याज पीडित किसानहरूका माग सम्बोधन गर्न गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट निवेदन माग गरेको छ । ती पीडितहरुले देशभरिबाट विभिन्न चरणमा काठमाडौंसम्मै आएर कष्टपूर्ण संघर्ष गरेपछि मन्त्रिपरिषद्को २०७९ चैत २० गतेको बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने र आयोगको कार्यालय धनुषामा राखेर मिटरब्याजसम्बन्धी अपराधका विषयमा सत्यतथ्य जाँच बुझ गर्ने निर्णय गरेको थियो । 

aikyabadhata.jpg

अब आयोगले कार्यालय स्थापनाका लागि पहल थाल्दै पीडितहरुबाट निवेदनसमेत आह्वान गरेको जनाइएकाे । आयोगका अध्यक्ष कार्कीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पीडितहरुबाट १५ दिनभित्र निवेदन दिन माग गरेका छन् । आयोगका अनुसार पीडितहरुले अनलाइनमार्फत वा सहायता डेस्क स्थापना गिरएकाे जिल्ला प्रशासन कार्यालय मार्फत या साेझैआवेदन दिनुपर्ने र बताइएकाे छ  ।

यस सम्वन्धमा आयोगका अध्यक्ष गाैरीबहादुर कार्कीले दिएकाे बक्त्यब्यमा भनिएकाे छ  -'यस आयोगबाट अनुचित लेनदेन (मिटरब्याज)बाट पीडितहरुको निवेदन आह्वान गरिएको छ । पीडितहरुले आफ्नो भएसम्मका सबुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सिधै यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम नि:शुल्क उपलब्ध हुनेछ । ' निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको पनि उल्लेख छ । आयोगले वैशाख १७ देखि ३१ गतेसम्म पीडितहरुबाट आवेदन लिने जनाएको छ । आयाेगकाे  बक्तब्यकाे प्रतिलिपि यस प्रकारछ :
 
मिटरब्याज पीडित निबेदन माग.jpg