आइतबार, कार्तिक ९ गते २०८३

 वित्तीय संस्थाहरुको तरलतामा सुधार आएको छः गर्भनर अधिकारी

बैशाख १४, २०८० बिहीबार
 वित्तीय संस्थाहरुको तरलतामा सुधार आएको छः गर्भनर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू  क्रमश सुधार हुदै गएको बताएका छन् । आज राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै   गर्भनर अधिकारीले  तरलतामा सुधार आएको बताए ।  ‘ब्याजदरको दबाब कम हुन लागेको र  बैंकहरूले निक्षेपको ब्याजदर घटाएको उनले सो अवसरमा बताए ।

मुद्रास्फीति घट्दो क्रममा रहेको र पछिल्लो समय बैकहरूको कर्जा असुलीमा दबाब परेको भएपनि वित्तीय क्षेत्र सुरक्षित रहेको, पूँजीकोष पर्याप्त रहको र जोखिम नरहेको उनले बताए । बाह्य कारणले भने मूल्यमा दबाब कायम नै रहेको उनले   जनाए ।
नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकोले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको अधिकारीले जनाए ।