शनिबार, आश्विन १७ गते २०८३

नेपाल उड्डयन प्राधिकरणद्वारा फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक

बैशाख १२, २०८० मंगलबार
नेपाल उड्डयन प्राधिकरणद्वारा फ्लाई दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा चरा ठोकिएको भन्ने भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई जनालाई आज कारबाही गरेको छ।
सो प्राधिकरणका अनुसार फ्लाई दुबईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाइएको जनाएको छ। उनीहरूको एयरपोर्ट प्रवेशको पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले उल्लेख खरेको छ। 

हिजो सोमबार राति ९ : १९ बजे राती काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाजको एउटा इञ्जिनमा समस्या आएपछि ठूलो आवाजसहित आगो निस्किएको थियो ।  

फ्लाई दुबई जहाजको एउटा इन्जिनमा समस्या आए पनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो। तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोकिएको (बर्ड स्ट्राइक) भनेर उल्लेख गरिएको थियो ।

अन्ततः प्राधिकरणले चरा ठोकिएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो। उनीहरूलाई कारबाही गरेको हो।