शनिबार, आश्विन १७ गते २०८३

अव्यस्थित तार हटाउन काठमाडौँ महानगरपालिकाको १५ दिने अल्टिमेटम

बैशाख १२, २०८० मंगलबार
अव्यस्थित तार हटाउन काठमाडौँ महानगरपालिकाको १५ दिने अल्टिमेटम

 

काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका १५ दिनको समय दिएको छ ।

आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई निर्देशन दिएको हो ।

महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन निर्देशन दिएको छ ।

महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने उल्लेख गरेको छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ । सम्बिन्धत संघसंस्था र निकायलाइ पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि अटेर गरिएको महानगरपालिकाले जनाएको छ ।