काठमाडौं ।अहिले राती ९-१९ बजे तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।
उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।
याे बिमानमा यसरी आगलागी हुनाकाे कारण भने अहिल तत्कला खुल्न सकेको छैन ।
सो बिमानमा १६९ जना यात्रु रहेका र ती मध्ये ४० जना नेपालीहरु रहेको बुझिएको छ ।
यो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिनका लागि बाहिरबाट काठमाडौं प्रवेश गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको बताइएकाे छ ।
प्रत्यक्षदर्शीका अनुसार काेटेश्वर क्षेत्रमा २-३ पटक बम पड्केकाे जस्ताे आवाज आएको थियो र सन्त्रस्त भएर मानिसहरू घर बाहिर निस्केका थिए । कतिपयले प्लेनमा आगो लागेको देखेको बताएका थिए ।
सबै यात्रुहरू सुरक्षित रहुन् भन्ने हार्दिक कामना ।