शनिबार, आश्विन १७ गते २०८३

चितवन र तनहुँमा रास्वपा र बारामा जनमतको अग्रता

बैशाख ११, २०८० सोमबार
चितवन र तनहुँमा रास्वपा र बारामा जनमतको अग्रता


प्रतिनिधि सभा सदस्यका लागि भएको उप–निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्मको गणना अनुसार तनहुँ क्षेत्र नं.—१ र चितवन क्षेत्रन नं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र बारा क्षेत्र नं.–२ मा जनमत पार्टीले अग्रता हासिल गरेका छन् ।

तनहुँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्लेले १५९५८, नेपाली काँग्रेसका गोविन्द भटराईले ९१२३ र नेकपा एमालेका सर्वेन्द्र खनालले ५१६६ मत पाएका छन् ।

त्यसैगरी चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेले ११५५ मतका साथ अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ मतका साथ पछ्याइरहेका छन् । त्यसैगरी तेश्रो स्थानमा नेपाली काँग्रेसका उमेदवार जितनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका छन् ।

या बारा क्षेत्र नं. २ मा जनमत पार्टीका उमेदवारी शिवचन्द्र कुशवाहाले ८९५ मतले अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ७८७ मतसहित दोश्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत हासिल गरेका छन् ।