शनिबार, आश्विन १७ गते २०८३

नयाँ स्टक एक्सचेञ्जका लागि ३ र कमोडिटीका लागि ४ कम्पनीकाे पर्‍यो आवेदन

बैशाख ११, २०८० सोमबार
नयाँ स्टक एक्सचेञ्जका लागि ३ र कमोडिटीका लागि ४ कम्पनीकाे पर्‍यो आवेदन

 

नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा तीनवटा कम्पनीले आवेदन दिएका छन् । आइतबारसम्म बोर्डमा अन्नपूर्ण स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेञ्जको आवेदन परेको छ।  

नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पूँजी चाहिन्छ भने चुक्ता पूँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्नुपर्छ । हालसम्म नेपालमा एकमात्र नेपाल स्टक एक्स्चेञ्ज सञ्चालनमा रहेको छ । 

यसैगरी वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएका छन् । कमोडिटी मार्केटका लागि मल्टी एसेट्स एन्ड डेरिभेटिम एक्सचेन्ज ९म्याक्स०, मल्टी डेरिभेटिम एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ र नेपाल मल्टी कमोडिटी एक्सचेन्जको आवेदन परेको हो ।

बोर्डले नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनको लागि दोस्रो सूचना २०७९ चैत ३० गते आह्वान गरेको थियो। वैशाख १० गते आवेदन दिने अन्तिम समयमा नयाँ स्टकको लागि ३ र वस्तु विनिमयको लागि ४ कम्पनीको आवेदन परेको हो।

stock exchange.jpg