शनिबार, आश्विन १७ गते २०८३

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण

बैशाख १०, २०८० आइतबार
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण

 

बारा जिल्ला क्षेत्र नं. २ मा उप–निर्वाचन भइरहेको क्षेत्रमा बिना अनुमति प्रवेश गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले मुख्य मन्त्री यादवलाई काटेको पत्रमा “बारा जिल्ला क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना निर्वाचन आचासंहिता विपरीत हुनेगरी के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको” भनि प्रश्न गरिएको छ ।

उक्त क्रियाकलापले पदको गरिमाका साथै निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लंघन भएको अथ्र्याउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न आयोगले मुख्यमन्त्री यादवलाई भनेको छ ।