लेनिनप्रति उच्च सम्मान प्रकट गर्दै नेपाल कम्युनिष्ट पार्टीले एक बक्तब्य प्रकाशित गरेकाे छ । पार्टीका अध्यक्ष लाेकनारायण सुबेदीले बक्तयमा बिश्व समाज परिबर्तनकाे मार्क्सबादी दृष्टिकाेणा,चिन्तन, बिचार र सिध्दान्तकाे गम्भीर अध्ययन र मनन गरेर महान लेनिनले शाेषणयुक्त बिश्व समाजलाई शाेषणमुक्त बिश्व समाजमा रूपान्तरण गर्न सकिन्छ र श्रमजीबी बर्गकाे राज्य स्थापना गर्न सकिन्छ भन्ने कुरा जीवन्तरूपमा दर्शाएकाे र मार्क्सबादमा थप याेगदान दिएकाे उल्लेख गरेका छन् । बक्तब्यकाे पूर्ण पाठ यस प्रकार छ :
बिश्वमा पहिलो पटक मार्क्सबादलाई ब्यवहारमा सही किसिमले सफलताकासाथ प्रयुक्त गर्दै शोषित पीडित तथा पद दलित मजदुर किसान लगायत सम्पूर्ण श्रमजीबी बर्गको पहिलो समाजबादी समाज खडा गरेर शोषणयुक्त समाजलाई शोषणमुक्त समाजमा पदार्पण गराउने महान लेनिनप्रति नेपाल कम्युनिष्ट पार्टी उच्च सम्मानकासाथ हाार्दिक क्रान्तिकारी अभिाबाद गर्दछ ।

यस अबसरमा नेपालमा सर्बप्रथम मार्क्सबाद लेनिनबादको मार्गदर्शनमा १५ सेप्टेम्बर १९४९ मा अर्थात बिश्वमा मार्क्सबाद जन्मेको १०१ बर्ष पछि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने कमरेड पुष्पलालको अबिस्मरणीय ऐतिहासिक कदमको स्मरण गर्दै उहाँले मार्क्सबाद लेनिनबाद माओबिचारधाराका आधारमाा नेपालको भू–भौतिक स्थितिको बस्तुगत परिप्रेक्षमा अघि सारेको सामन्तबाद तथा साम्राज्यबाद बिरोधी नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनबाद, समाजबाद हुँदै सुसँस्कृत उच्च साम्यवादी समाजमा पदार्पण गर्ने क्रान्तिकारी कार्यक्रमको वरिपरी गोलबन्द हुन सम्पूर्ण देश र श्रमजीबि जनताप्रति समर्पित निष्ठाबान क्रान्तिकारी कम्युनिष्टहरुलाई नेपाल कम्युनिष्ट पार्टी हार्दिक आह्वान तथा आग्रह गर्दछ ।
लेनिनले मार्क्सबादकाे गम्भीर अध्ययन र त्यसकाे ब्यवहारबाट खारिएको अनुभबका आधारमा अघि सारेको राज्य र क्रान्तिको बर्गीय धारणा, पार्टी सञ्चालनको संगठनात्मक सिद्धान्त र समाजबाद र साम्राज्यबाद बिचको संम्झौताहीन संघर्षको अबधारणालाई आजको सन्दर्भमा पनि उत्तिकै गहिरो अध्ययन र मनन गरेर अघि बढ्न आवश्यक छ भन्ने नेपाल कम्युनिष्ट पार्टी पुनः औल्याउँदछ । अजेय मार्क्सबाद लेनिनबाद जिन्दबाद ! कमरेड लेनिन अमर रहुन !