आइएमई पेबाट अब उपभोक्ताहरुले देशभरका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न सक्ने भएका छन्।
यसअघि आइएमई पे बाट चन्द्रागिरि केबलकारको टिकट काट्न पाइन्थ्यो भने अब चन्द्रागिरि केबलकार सहित आइएमई पेबाट मनकामना, अन्नपूर्ण र मौलाकालिका केबलकारको समेत टिकट काट्न सकिने कम्पनीले जनाएको छ।
यो सुविधा थप गरिएपछि ग्राहकहरुले लामो लाइनमा बसेर टिकट काट्नुपर्ने झन्झटबाट मुक्ति पाउने कम्पनीको आशा छ।
आइएमई पे व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर, विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यू आर स्क्यान मार्फत भुक्तानी, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ।