शुक्रबार, कार्तिक ७ गते २०८३

भूटानसँगको सम्वन्धमा किन सन्देह गर्दैछ भारत ?


बैशाख ८, २०८० शुक्रबार
भूटानसँगको सम्वन्धमा किन सन्देह गर्दैछ भारत ?

केही दिन अगाडि भूटनका राजा जिग्मे खेसर नामग्याल वांगचुकले दिल्लीको भ्रमण गरेका थिए । तीन दिवसीय त्यस भ्रमणका क्रममाा उनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी, बिदेश मन्त्री एस.जयशंकर , राष्ट्रिय सुरक्षा सल्लाहाकार अजीत डोभालसँग समेत भेटघाट गरेका थिए । सबै भेटघाट र बिचार बिमर्शमा दुबै देश भूटान र भारतले आपसी सम्बन्धलाई अझ सबल तुल्याउने जस्ता धारणा ब्यक्त गरेको पनि सुनियो । तर यो भ्रमणको रणनैतिक उपलब्धी दुइ देशमा कसका लागि के भयो त्यसको भने छनक कतै केही देखा परेन । यद्यपि भारतीय बिदेश सचिव बिनय क्वात्राले भ्रमण सम्पन्न भए पछि संयुक्त घोषणापत्रको जानकारी दिदै भारत र भूटानको अनुकरणीय सम्वन्ध रहेको र त्यो परस्पर बिश्वास, सद्भाव र आपसी समझदारीको बिशेषता भएको बताएका थिए ।

उल्लेखनीय के छ भने भारत ‘डोकलाम’ बिबादमा भूटानले मुख खोलेर उसको अडान दिल्लीमा ब्यक्त गरोस् भन्ने चाहन्थ्यो । किनभने त्यस सम्वन्धमा भूटानले आफ्नो दृष्टिकोण बदलेको हालको परिप्रेक्षमा त्यसबारे भूटानले खुलासा गरिदेओस् भन्ने कुरा यो भ्रमणका बेला कतै ब्यक्त भएन । त्यसैले डोकलाम बिबादमा भूटानको पछिल्लो अडानले भारत सशंकित रहेको देखिन्छ । बिश्लेषकहरु भन्दछन् कि चीनलाई लिएर  भारत यतिबेला डिफेन्सिभ अर्थाात रक्षात्मक मूडमाा छ र त्यसको प्रतिच्छाया भूटान र भारतको सम्वन्धमा पनि परेको छ । किनभने केही समय पहिला भूटानका प्रधानमन्त्री लोटे छिरिङ्ग बेल्जियम भ्रमणमा गएको बेला उनले एउटा समाचारपत्रलाई अन्तरबार्ता दिदै डोकलाम बिबादमा भारत, चीन र भूटान उत्तिकै सरोकारवाला हुन् र यसमा कोही ठूलो सानोको कुरा छैन भनेका थिए । यस सम्बन्धमाजब भारत र चीनले चाहन्छन् भूटान बार्ता गर्न पनि तयार छ भन्ने कुरा पनि उनले प्रष्ट पारेका थिए । निश्चय नै भूटानको यो भनाई भारतका लागि सहज थिएन । यसभन्दा पहिला कहिल्यै पनि भूटानले डोकलाममा चीनको सरोकार रहेको मानेको थिएन र छैन भन्ने भारतको मान्यता रहने गरेको थियो । भूटानी प्रधानमन्त्रीले त भारतको मान्यता बिपरीत डोकलाममा चीनले भूटानको सीमामा कुनै अतिक्रमण गरेको छैन भनेर चीनलाई क्लिन चिट दिएकोमा भारतको चित्त दुःखाइ दिएको स्थिति उत्पन्न भयो । भारतको कुरा के छ भने स्यटालाईटबाट हेर्दा भूटानी जमिनमाथि चीनले बसाएका गाउँहरु स्पष्ट देखापर्दछन् । त्यो ९ किलोमिटर पूर्ब दिशामा भूटानको क्षेत्रमा चीनले गाउँ बसालेको भन्ने भारतको दाबी छ ।

आजभन्दा ६ बर्ष पहिला १९१७ मा त्यसै ठाउमा भारत र चीनका सैनिकहरुको झडप भएको थियो । तर भूटालने भने त्यो कथित बस्ती आफ्नो नभएको भन्दै आएको छ । यसै कुरालाई भारतले भूटानको अडान पहिलाकोभन्दा फरक आएको र त्यसमा चिनीयाँ प्रभाव परेको कुरा बटारेको छ । भारतले त डोकलाम बिषयमा चीनले कुनै दख्खल दिनै मिल्दैन भन्दै आएको छ । २०१९ भूटान भारत पक्षमा खडा थियो भन्ने भारतको दाबी छ । यस सम्वन्धमा नेपालले पनि भारतलाई हैरान गर्ने खालको बयान किन दिएको भन्ने प्रश्न पनि भारतीय पक्षले उठाएको छ र के शंकाको बादल लगाउन खोजेको छ भने डोकलाम मोर्चामा भूटान चीनको आडमा भारतसँग कुनै किसिमको सौदाबाजी गर्न खोजिरहेको त छैन ? भन्ने दबाबपूर्ण सवाल पनि उठाइरहेको देखिन्छ । भारतले त कतिसम्म अनुमान लगाउन थालेको छ भने भूटानले आफ्नो जमिन चीनलाई सुम्पिन सक्तछ । भारतमा सामरिक बृत्तमा समेत भूटानी प्रधानमन्त्रीको यस सम्बन्धि कथित मनशायबारे कुरा उठाएको बताइन्छ ।

 हुन त भूटान सानो अल्पबिकसित देश हो नै । उसले आफ्नो बिकासका निम्ति भारत र चीनसँग भर पर्नु पर्ने स्थिति  छ । भारतले भूटालाई १९६१ देखि नै मद्दत गर्दै आएको र त्यस क्रममा २०१८–२०२३ सम्म आइपुग्दा भारतीय सहयोग राशी ४५०० करोड पुगिसकेको तथ्यांक पनि उसले देखाउन थालेको छ । अनि भूटान पनि भारतलाई बिद्यूत बेचेर प्रति बर्ष करोडौं रुपैया लिइरहेको समेत औल्याइन्छ । भूपरिबेष्टित देश भएको हुनाले आफ्ना आवश्यकताका ७५ प्रतिशत सर–सामान भारतबाटै आयात गर्नु पर्ने स्थिति भूटानको अहिलेसम्म रहँदै आएको छ । अनि उसको ९५ प्रतिशत निर्यात पनि भारतमै हुने गरेको छ । भारत नै भूटानको प्रत्यक्ष बिदेशी लगानी (एफडीआई)को पनि सबैभन्दा ठूलो श्रोत रहेको छ । अनि भूटान भारतको सुरक्षा चिन्तालाई लिएर बनेको सन्धिमा बाँधिएको पनि छ । उसले भारतको सहमति नलिई कुनै तेश्रो मुलुकसँग सीमा सम्झौता पनि गर्न नसक्ने भारतको जोडदार दाबी छ । यस्तो स्थितिमा नै भूटान भित्र अहिले भारतसँगको यस्तो अति निर्भरता ठिक छैन र चीनसँग पनि उसले सम्बन्ध बढाउनु पर्दछ भन्ने कुरा पनि उठिरहेको  छ, जुन भारतलाई पाच्य देखिदैन । भारतको अर्को भाष्य के छ भने चीन भारत–भूटान सम्बन्धलाई चीनको कथित बिस्तारबादी नीतिका लागि बाधा मान्दछ भने अरु दक्षिण एशियाली देशहरुमा जस्तै चीनले भूटामा पनि  आफ्नो पयर जमाउन चाहन्छ भन्ने डर पनि उसले देखाइरहेको छ । यसै बर्ष गएको जनवरीमा चीनको कुनमिङ्ग शहरमा सीमा सम्बन्धि मुद्दाका बिषयमा चीन–भूटान बिशेषज्ञहरुको बैठक बसेको थियो । दुबै देश सीमा समस्या सुल्झाउनका लागि बार्तालाई तीब्रता दिने कुरामा सहमत भएका थिए । चीन र भूटानको बढ्दो सम्वन्धले आफ्नो प्रभाव क्षेत्र कमजोर हुने स्थिति बिकसित हुने चिन्ता भारतलाई बढ्दो छ  । त्यसैले उसले भन्ने गरेको छ कि बितेको पाँच छ बर्षको क्रममा चीनले जस्तो कूटनीतिक तरीकाले भूटानको अडानमा परिबर्तन ल्याइदिएको छ त्यसबाट भारतका लागि सुरक्षा चिन्ता बढेको  छ ।

भारतको एकहोरो भनाई छ कि डोकलाम झडप पनि चीनको कथित बिस्तारबादकै कारण भएको हो । भारतको आरोप के छ भने यो ट्राइजक्शन(डोक्लाम)लाई अन्तर्राष्ट्रिय मानचित्रमा सात किलोमिटर दक्षिणमा देखाइनु पर्दछ र त्यसले गर्दा डोकलाम क्षेत्र पूरै चीनको मातहतमा आउदछ । भारतको अर्को के दाबी पनि यस सम्वन्ध देखिदैछ भने रणनीतिक दृष्टिकोणले भूटानलाई भन्दा धेरै बढी भारतलाई डोक्लामको आवश्यकता छ । डोकलामले भारत–चीन संघर्षमा चीनका बिरुद्ध भारतलाई एक सैन्य बिकल्प प्रदान गर्ने पनि भारतले अड्डी लिइरहेको  छ। त्यसैले भारतले के भन्ने गरेको छ भने यदि डोकलाममाथि चीनको नियन्त्रण भयो भने भारत बंगालका पूर्बोत्तर शहर सिलिगुडीसम्म चीनको सिधा पहुँच बन्न जान्छ । यही कारणले गर्दा भारत भूटानको पछिल्लो परिबर्तित अडानको पृष्ठभूमिका कारणले निकै हैरान देखापर्दैछ । त्यसैले भूटानका राजाको यो पछिल्लो भारत भ्रमण बेला पनि यो भारतका लागि महत्वको कुरा नउठ्नु भारतका लागि निकै चिन्ता र कूटनीतिक परिबृत्तमा निकै महत्वको जिज्ञाषा र उत्सुकताको बिषय बनेको देखिदैछ ।