आइतबार, कार्तिक ९ गते २०८३

एन आई सी एशिया  बैंकले प्रकाशित गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, ४.०१ अर्ब खुद आम्दानी

बैशाख ७, २०८० बिहीबार
एन आई सी एशिया  बैंकले प्रकाशित गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, ४.०१ अर्ब खुद आम्दानी


एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९।८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।  वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेकाे जनाएकाे छ।

बैंकले आ.व. २०७९।८० को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७७.७ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू ३१६.५५ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले तेश्राे त्रैमाससम्ममा खुद मुनाफातर्फ रू ४.०१ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल  २०.१७ प्रतिशत रहेको छ ।

साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४६.७६ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २१ वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई तेस्रो त्रयमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । 

बैंकले आ.व. २०७९÷८० को तेस्रो त्रैमाससम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । 

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ  ।