शनिबार, आश्विन १७ गते २०८३

गृहमन्त्री समक्ष दमनको भर्त्सना गर्दै बुझाइयाे विरोधपत्र

बैशाख ७, २०८० बिहीबार
गृहमन्त्री समक्ष दमनको भर्त्सना गर्दै बुझाइयाे विरोधपत्र

काठमण्डौ । बैशाख ४ गते शाान्तिबाटीकामा मिटर ब्याज पीडित आन्दोलनकारी र ऐक्यबद्धता जनाउन गएका बिभिन्न कम्युनिष्ट पार्टीका नेता तथा सहयोद्धाहरुमाथि  गरिएको निर्मम दमनको घोर निन्दा र भत्र्सर्ना गर्दै बिभिन्न पाँच कम्युनिष्ट पार्टी र पाँच मोर्चा तथा अभियानकाे तर्फबाट बिरोध पत्र प्रस्तुत गरिएकाे छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले उक्त समस्या हल गर्नका लागि गरेका प्रयास र बैशाख ४ को घटनावारे प्रष्ट्याएका थिए भने सहभागीहरुले मंत्रीका रायबारे टिप्पणि गर्नुको साथै यो घटनाले पारेको प्रभाव र मीटर ब्याज पीडितका समस्या समाधानको उपायहरु सुझाव दिए।

गृहमन्त्रीले  मीटर ब्याज समस्या हल गर्न प्रयास गरिरहेको,  सूदखोरहरु लगायतकाहरुको सम्पत्ति शुध्दीकरणमा लागेको, कानून बनाउन लागेको, आयोग बनाएको, जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मीटर ब्याज पीडितको प्रतिनिधि समेत रहेको समस्या हल गर्ने समिति बनाउने काम भएको, जाली तमसुक लगायतका झूटा कागजातका आधारमा पीडितहरुलाई सजाय गर्ने काम रोक्ने आदेश भएको र छिनुवा तमसुक वा दृष्टिबन्धक जस्ता कागजातहरुको आधारमा मालपोत कार्यालयहरुले जग्गा पास गर्न नपाउने व्यवस्था लागू गरेका जस्ता कुराहरु राखे।

बैशाख ४ को घटनाप्रति दुख लागेको, प्रहरिले शान्तिबाटिकाको गेट बन्द गरेर शान्तिपूर्ण प्रदर्शन गर्न नदिएर गल्ती गरेको तर पीडितहरुले पनि प्रहरीलाई ढुंगामुढा गरेर स्थिति बिग्रँदा घटना घटेको उनले दाबी गरे ।  

सहभागीहरु सबैले एकैस्वरले शान्तिपूर्ण प्रदर्शन गर्न नदिनु संबिधानको घोर उल्लंघन भएको, गृहमन्त्रीले प्रहरीले गरेको गम्भीर गल्तीहरुको जिम्मेवारी लिनुपर्ने, सो घटना वारे गृहमन्त्रीले सार्वजनिक रुपले माफी माग्न पर्ने, अपराध गरेका प्रहरी अधिकृतहरूई कारबाही गर्न पर्ने र यो घटनाले गृहमन्त्री स्वयंकाे, उनकाे र वाम आन्दोलनकै बदनाम गरेको जस्ता कुरामा जोड दिएका थिए। मीटर ब्याज समस्या  हल गर्नका लागि बनाएको आयोग कानूनको अभावमा शक्तिशाली नभएको, गृहमन्त्रीले कम्तीमा पनि गिरिजा कोइरालाले कमैया र कमलारी प्रथा हटाउन अपनाएको प्रक्रियाको लागि पहल गर्नु पर्ने, गाउंमा उनले भनेका सुधारहरु लागू नभएको र पीडितहरुप्रतिको प्रताडना बढिरहेको, मीटर ब्याजलाई अपराधी कार्य भनेपछि त्यस्ता पीडकहरुलाई थुनछेक जस्ता कारबाही अघि बढाउन पर्ने, पीडितहरुलाई पत्यार लाग्ने गरी  समाधान निकाल्न पर्ने र पीडितहरुलाई सरल ब्याजको ऋन उपलब्ध गराउने व्यवस्था मिलाउन पर्ने आदि जस्ता सुझावहरु राखेका थिए। अन्त्यमा ग्रिहमंत्रीले सो घटनावारे र शान्तिपूर्ण प्रदर्शन गर्न नदिने गल्ती वारेमा सार्वजनिक माफी माग्ने बताएकाे समाचार छ ।

Pratinidhimandal.jpg

बिराेधपत्र दिन जाने प्रतिनिधि मण्डलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लाेकनारायण सुबेदी, नेपाल कम्युनिष्ट पार्टी(मसालका) नेता बलिभद्र शर्मा, नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी मामाओवादी)का केन्द्रिय सदस्य शारदा महत, नेपाल कम्युनिष्ट पार्टी मार्क्सबादी (पुष्पलाल)का अध्यक्ष मानध्वज गुरूङ्ग, माओवादी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नारायणप्रसाद धिमाल, राष्ट्रिय क्रान्तिकारी माेर्चाका संयाेजक नारायण शर्मा, प्रगतिशील रूपान्तरण आन्दोलनका पुष्कर गाैतम, मार्क्सबादी एकता अभियानका संयाेजक डा. शम्भू कट्टेल,राष्ट्रिय नेवा पुचःका अध्यक्ष कुमार खाकी श्रेष्ठ र सामाजिक अभियन्ता लिलामणि न्याैपाने रहेका थिए।

birodhpatra.jpgbirodhpatra2.jpg