शनिबार, आश्विन १७ गते २०८३

४ किसान संगठनद्वारा प्रहरी दमनको बिरोध, मानबाधिकार आयोगको ध्यानाकर्षण

बैशाख ६, २०८० बुधबार
४ किसान संगठनद्वारा प्रहरी दमनको बिरोध, मानबाधिकार आयोगको ध्यानाकर्षण

अखिल नेपाल किसान महासंघका अध्यक्ष बलाराम बास्कोटाा, अखिल नेपाल किसान महाासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलाार महतो र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गा प्रसाद जैसीले एक संयुक्त बक्त्यब्य निकाल्दे सरकारले संविधान प्रदत्त जनताको हक अधिकारको धज्जी उडाउँदै मिटर ब्याज पीडित किसानहरुको शान्तिपूर्ण आन्दोलनमाथि बैशाख ४ गते गरेको बर्बर दमनको घोर निन्दा र भत्सना गरेको  छ। त्यस  दमनमा परे नेपाल कम्युनिष्ट पार्टीकाा अध्यक्ष तथा अअिल नेपाल किसान युनियनका ईञ्चार्ज लोकनारायण सुबदेी र नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य तथा अअिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग लगायत दर्जनौ आन्दोलनकाकरीहरु आइते भएका छन् र सरबकारको यस्तो क्रूर दमननको सर्बत्र बिरोध भइरहेको छ । बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

मिटरब्याजे साहु र लघु बित्तको घोर अन्यायपूर्ण क्रूर  शोषणमा परेका आन्दोलनरत किसानहरुको शान्तिपूर्ण धर्ना र बिरोध प्रदर्शन कार्यक्रममाथि  शान्तिबाटीका रत्न पार्कमा सबै ढोका थुनेर अशाान्ति मच्चाउँदै गरिएको निर्मम प्रहरी दमनको हामी जिम्मेवार ४ किसान संगठन  तीब्र निन्दा र भत्र्सना गर्दछौं । यसबाट जनताले शान्तिपूर्णरुपमा प्रदर्शन, धर्ना जुलुश बिरोध गर्न पाउने संबिधान प्रदत्त मौलिक हकको धज्जी उडाइएको तथा यस्ता गतिबिधिहरु नेपाली जन आन्दोलनका उपलब्धी र जनादेशको मर्म बिपरीत  छन् भन्ने कुरा हामी औंल्याउँदछौं ।
यस दमनको  क्रममा प्रहरीले ताकी ताकी र छानी छानी लाठ्ठी र लात्तीले हान्ने अपमानजनक तथा दमनकारी ब्यवहारमा परेर घाइते हुनु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा अखिल नेपाल किसान यूनियमा इञ्चार्ज क. लोक नारायण सुबेदी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी)का स्थाई कमिटी सदस्य तथा अखिल नेपाल किसान महाँसंघक(क्रान्तिकारी)का अध्यक्ष क. सीताराम तामाङ लगायत प्रहरीको दमनमा परेका बिभिन्न पार्टी र मोर्चा तथा मञ्का नेता तथा सहयोद्धाहरु, आन्दोलनरत मीटरब्याज पीडित किसानहरु सबै माथिको अमानुषिक दमनको छानबिन गरी जिम्मेवारलाई कडा कारबाही गरिनु पर्दछ र सम्पूर्ण घाइतेहरुको राज्यले उपचार गर्नु पर्दछ भन्ने हामी जोडदार माग गर्दछौं  । 
यस सन्दर्भमा एकातिर टाउकोमा ताकी ताकी लाडी प्रहार गर्ने र पक्राउ गरी हिरासतमा राखेपछि पनि कुटपीट गर्ने र अपमानजनक र अश्लिल गाली गलौज गर्ने जस्ता घोर  अमानबीय कार्यतर्फ हामी  मानबाधिकार आयोगको पनि गम्भीरुपमा ध्यानाकर्षण गराउँदछौैं र त्यस्ता दमनकारीहरुमाथि तत्काल कडा कारबाही गर्न पनि जोडदार माग गर्दछौं । 
अन्त्यमा, हामी मिटर ब्याज र लघुबित्त पीडितका शोषण र अन्यायका समस्याहरु कुनै आलेटाले, छल प्रपञ्च, अलमल नगरी बार्ताद्वारा पीडितको पक्षमा ठोसरुपम समाधान गर्न सरकारसँग पुनः जोडदार माग गर्दछौं र यसका लागि आन्दोलनरत पीडित पक्षलाई पनि जिम्मेवार बन्न आग्रह गर्दछौं ।

Joint kisanbaktabya.jpg