काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली पुर्याइने बित्तिकै त्यहाँ स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरू भइसकेको छ ।
उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपतिलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्याए लगत्तै उपचार शुरू गरिएको उनको सचिवालयले जनाएको छ ।

यहााँ नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली रहेकाे छ।