नेपालपत्र आफ्नो प्रकाशनको ३३औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रकाशनको आरम्भ गर्नुहुने अग्रज, यसलाई वैधानिकरुपमा सञ्चालन गर्न र निरन्तरता दिन योगदान दिनुहुने सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
त्यसैगरी प्रकाशनका लागि कलम चलाउनुहुने लेखक, समीक्षक, पाठक, विज्ञापनदाता, सहयोगी र शुभचिन्तक सबैमा आभार व्यक्त गर्दछौं । हामीलाई प्राप्त यो हार्दिक सद्भाव, शुभचिन्तन र सहयोगको ऊर्जा निरन्तर प्राप्त भइरहने पूर्ण विश्वास लिन चाहन्छौं ।
साथै यस प्रकाशनमार्फत् तथ्यगत समाचार, विचार एवं विविध सामग्री पाठकसमक्ष हरप्रहर सम्प्रेषण गर्न मेहनतकासाथ कटिवद्ध सम्पादन र व्यवस्थापनमा रहनुभएका नेपालपत्र परिवारका सदस्यहरुलाई थप उत्साहकासाथ काम गर्न यस दिनले अझ प्रेरणा देओस् भन्ने सद्कामना !