बुधबार, भाद्र ३ गते २०८३

नेशनल लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बाेनस शेयर र ६.५ प्रतिशत नगद लाभांश दिने

बैशाख ३, २०८० आइतबार
नेशनल लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बाेनस शेयर र ६.५ प्रतिशत नगद लाभांश दिने

 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरि ६.५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हाे।

कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ  छ । यस पूँजीको ८ प्रतिशत अर्थात ३७ करोड रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड नाघ्नेछ। कम्पनीले नियामक निकायले निर्धारित गरेकाे समय भित्रै चुक्ता पुँजी ५ अर्ब पुर्‍याउने भएको छ।