माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । प्रहरीका अनुसार गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।
उनलाई गोली प्रहार गर्ने प्रधान न्यायाधिशको सुरक्षार्थ खएिका प्रहरी सहायक हबलदार प्रकाश पुन भएकाे प्रहरीले जनाएकाे छ । गए राति १० बजे आसपास उनले गोली प्रहार गरेका थिए । उनी वर्षमान परिवारका नातेदार रहेको जनाइएको छ ।
पुनःको ट्रमा सेन्टरमा उपचार हुँदै छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।