विश्वमै एउटा सनसनीपूर्ण समचार बनेको अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर पक्राउ परेका २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य ज्याक टेइसेइराको अदालतको सुनुवाइ आउदो बुधवारको लागि तय भएको बीबीसीले जनााएको छ ।
त्यतिबेलासम्म ती यूवा हिरासतमै रहने जनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले उनलाई सुनुवाइको दिनसम्मका लागि हिरासतमा राख्न अनुरोध गरेको बीबीसीले बताएको हो ।
ती यूवक गएको शुक्रवार अमेरिकाको गोप्य सुरक्षा र गुप्तचरी दस्तावेजहरू चुहावट गरेको आरोपको सामना गर्न बोस्टन अदालतमा उपस्थित भएका थिए।

अमेरिकी टेलिभिजन सीएनएनका अनुसार उनलाई अदालत ल्याउँदा हतकडी लगाइएको थियो ।
टेइसेइरामाथि लागेका सबै आरोपहरूमा दोषी ठहर भएमा उनलाई १५ वर्ष लामो जेल सजाय हुन सक्नेछ । शुक्रवार भएको सुनुवाइमा उनीमाथि अनधिकृत ढङ्गमा गोप्य दस्ताबेजहरू हटाएको, तीमध्ये केहीको स्वामित्व लिएको र ओसारपसार गरेको आरोप लगाइएको छ।
यदि उनले ती दस्तावेजहरू आफूसँग राखेको ठहर भए १० वर्षको जेल सजाय भोग्ने छन्। त्यस्तै ओसारपसारको आरोप पुष्टि भएको खण्डमा थप ५ वर्ष जेल सजाय हुने न्यायाधीशको ठहर छ।
गाेप्य अमेरिकी सूचनामा के छ ?
यूक्रेनमा रूसले १४ महिनाअघि शुरू गरेकाे अतिक्रमणयताकाे गुप्त अमेरिकी सूचनाको यााे सबैभन्दा ठूलो चुहावट मानिएकाे छ। केही दस्तावेजहरू केवल एक साताअघिका मात्र रहेकाे पनि बतााइएकाे । तर त्यसबाट पर्ने प्रभाव निकै ठूलो छ भनिदैछ ।
भनिन्छ, समयरेखा र दर्जनौँ क्लिष्ट सैन्य शब्दावलीयुक्त पूर्ण दस्तावेजमा केहीमा "अतिगोप्य" समेत लेखिएको छ। त्यसले युक्रेन युद्धको विस्तृत चित्र देखाउँने बताइन्छ।
अनि तिनले दुवैतर्फ हताहत भएका मानिसको सङ्ख्या, प्रत्येक पक्षका सैन्य कमजोरी र युक्रेनले अब वसन्तयाममा गर्ने अपेक्षा गरिएको प्रत्याक्रमणका बेला उसको सामर्थ्यबारे बताउँछन्।
यी सबै कुराका अतिरिक्त ती गाेप्य दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बलहरू रहेको पनि देखाएको बतााइन्छ।