शनिबार, आश्विन १७ गते २०८३

बेरूजुकाे भयावह स्थिति, अर्थ मन्त्रालय नै सबैभन्दा अगाडि

बैशाख १, २०८० शुक्रबार
बेरूजुकाे भयावह स्थिति, अर्थ मन्त्रालय नै सबैभन्दा अगाडि

काठमाडौँ । हिजाे अपरान्ह  महालेखा परीक्षकको कार्यालयले  ६० औँ वार्षिक प्रतिवेदन  सार्वजनिक गरेको छ ।  महालेखाको प्रतिवेदनअनुसार संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ  । आर्थिक वर्ष २०७८र७९ मा ५६ अर्ब ३१ कराेड रकम राशीकाे भयाावह बेरुजुमा  अर्थ मन्त्रालयको मात्र बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । 

संघीय निकायका सबै कार्यालय मलाएर कूल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा त्याे  बेरुजु रकमको ५७.६६ प्रतिशत  अर्थ मन्त्रालयकाे माात्र भएको देखाइएकाे छ । यो वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको उल्लेख छ।

अर्थपछि बेरूजुकाे दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यस मन्त्रालयको ८ अर्ब ७९ करोड रुपैयाँ बेरुजु भएको दर्शााइएकाे छ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २ अर्ब ७० करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २ अर्ब ५३ करोड, गृहको १ खर्ब ५७ करोड, भूमि व्यवस्थाको १ अर्ब ३४ करोड, उर्जा, जलस्रोत तथा सिञ्चाईको १ अर्ब २९ करोड, शहरी विकासको १ अर्ब ९ करोड, खानेपानी मन्त्रालयको ८७ करोड र स्वास्थ्य तथा खानेपानी मन्त्रालयको ८६ करोड बेरुजु थप भएको छ ।अन्य मन्त्रालय र संघीय निकायको एक वर्षमा ५ अर्ब ६३ करोड बेरुजु थप भएको छ ।