काठमाडौँ । आज सरकार र मिटरब्याजी पीडितबिचको वार्ता भङ्ग भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेपछि वार्ता भङ्ग भएको हो । सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन गर्न नचाहेकाले वार्ता भङ्ग गरिएको मिटरब्याजीतथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताएका छन्। सरकारसँग वार्ता नभएको अल्मल्याउने काम मात्रै भएकाे भन्दै उनले संघर्ष समितिले अब आफ्ना आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् ।
लगातार पाँच दिनसम्म चलेको वार्तामा सरकारले पुरानै अडान राखेका कारण सहमति हुन नसेको हो । निर्ग नबिनले आफूहरूले राखेका विभिन्न ६ बुँदे मागमा सरकार सकारात्मक नभएको र वास्ता नगरेको बताएका छन्।