चारवटा नयाँ लघु बीमा कम्पनीले लाइसेन्स पाएका छन् । नेपाल बिमा प्राधिकरणले प्रोटेक्टिभ माइक्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गरेको हो ।
प्राधिकरणले सातवटा लघु बीमा कम्पनीका लागि लाइसेन्स खुलाएको थियो । निवेदन दिएका सातमध्ये पुँजी जुटाएका चारवटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको छ भने बाँकी पुँजी जुटाउन नसकेका स्टार माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको छैन ।
तोकेको समयमा यी पुँजी जुटाउन नसकेका कम्पनीलाई प्राधिकरणले पुँजी जुटाउन थप ४५ दिनको समय दिएको छ ।