रंगुन । बिद्रोहीरुको क्षेत्रमा म्यानमारको सेनााले हिजो बम हान्दा कम्तिमा १०० जनाको मृत्यु भएको र त्यसमा धेरै बालबालिका र महिलाहरु पनि रहेको समाचार छ । म्यानमारको सेना जुण्टाले २०२१ मा सैनिक कु गरेर साशन सत्ता हत्याए पछिको यो सबैभन्दा ठूलो हत्या भएको बताइदैछ । बम लागेर मानिसहरुको शरीरका बिभिन्न अंगहरु यत्रतत्र छरिएको प्रत्यक्षदर्शीरुले बताएका छन् ।
सेनाले बिद्रोहीको प्रतिरोध संघर्ष दिवस मनाउने क्रममा हमला गरेको बताइन्छ । म्यानमारको सेनाले कु गरेपछि त्यहाँको प्रजातन्त्र पुनस्थापनाको आन्दोलमा बिभिन्न जनजातिहरुका सशस्त्र झुण्डहरु पनि संलग्न रहेको बताइन्छ ।