बिश्वका सबैभन्दा सुन्दरतम देशहरुको सूचिमा शामेल रुसको एउटा महत्वपूर्ण छिमेकी देश फिनल्याण्ड भर्खरै नाटो(नर्थ एटलाण्टिक ट्रिटी अर्गनाइजेशन) शामेल हुन पुगेको छ । यसले बिश्वमा यतिबेला ठूलै हलचल उत्पन्न गरिदिएको छ । एक बर्षदेखि चलिरहेको रुस–यूक्रेन युद्धकै बीचमा फिनल्याण्ड यसरी नाटोमा समावेश हुनु आजको बिश्व राजनीतिको एउटा निकै ठूलो घटना मादिैछ । यो पूरै घटनाक्रमले रुसलाई वास्तवमा यसरी उद्वेलित गरिदिएको उल्लेख गरिदैछ कि उसले फिनल्याण्ड तथा अन्य यूरोपेली देशहरुलाई त्यसको दुष्परिणाम भोग्नुपर्ने धम्की नै दिइसकेको छ । आफ्नो कुनै छिमेकी देश यसरी नाटोमाा सामेल हुँदा रुस क्रुद्ध भएको यो पहिलो पटक भने होइन । यसभन्दा निकै पहिला २००८ माा जतिबेला जर्जिया नाटोसँग जोडिने प्रयास गरिरहेको थियाो त्यतिबेला पनि रुस रीसले चुर बनेको थियो । रुसी राष्ट्रपति भ्लादिमि पुटीनले त्यतिबेला जर्जियाको त्यो प्रयासला प्रत्यक्षतः आफ्नो देशमाथिको हमला बताएका थिए । अहिलले फिनल्याण्डको कदमले रुसलाई रणनीतिकरुपले एक्ल्याउने प्रयासकारुपमा हेरिदैछ ।
बास्तवमा फिनल्याण्डको यस कदमबाट रुस असहज क्रुद्ध हुनु स्वाभाविक नै छ । किनभने यो रुसको त्यस्तो छिमेकी देश हो जसले रुस र पश्चिमा देशहरुका बीचको संघर्षमा सँधैं नै तटस्थताको भूमिका निर्वाह गर्दै आएको थियो । शीत युद्धका बेलमा पनि फिनल्याण्डले असंलग्नताकै फेर समातिराखेको थियो । अहिलेको फिनल्याण्डको यस आश्चर्यचकित तुल्याउने खालको निर्णयको एउटा ठूलो कारण त यूक्रेनमाथि रुसको हमलालाई मानिदै छ । तर यसलाई एक मात्र कारण मानिनु पूर्णरुपले सही होइन । यथार्थ त के हो भने बितेको निकै लामो समयदेखि फिनल्याण्ड नाटोमा जानका लािग मानसिकरुपले आफुलाई तयार गरिरहेको थिएन । यस अघि १९९५ मा यूरोपेली संघ र यूरोजोनमा सामेल भइसकेपछि फिनल्याण्डको सत्तामा आउने गरेका प्रत्येक दलहरुको सरकारले नाटो बिकल्पको समीक्षा गरेका थिए । यस अघि १९९१ म सोभियत यूनियनको बिघटन भए पछि पूर्बमा रुसका छिमेकमा नाटोको तीब्र बिस्तारलाई सधैं नै सन्देहको दृष्टिले हेरिएको थियो । अब रुसको उत्तरी सीमामा भएकाके नाटोको चमत्कारिक बिस्ताले मास्कोलाई यत्तिका धेरै बिचलित तुल्याइदिएको छ कि अब कहिले कस्तोरुपमा रुसले यसको जबाफ दिने हो यस बारे यूरोपले अबि प्रतिक्षा गर्नुपर्ने छ । यूरोपको यो दुस्साहसमामाथिको जबाफ दिनका लागि रुसले अब बेलारुसको उपयोग गर्न थालेको देखिदैछ । रुसले बेलारुसको परमाणु हमलाको क्षमतालाई बढाउनका लागि बिभिन्न कदहरु एठाउन थालेको अध्ययनशील अन्तराष्ट्रिय ज्ञाताहरु बताइरहेका छन् ।
बस्तुतः अब फिनल्यायण्ड रुसका बिरुद्ध नाटोमा सामेल भइसके पछि उसले अपनाउदै आएको असंलग्नताको सिद्धान्त पनि सकिएको छ । त्यसले गर्दा असंलग्नताको अबलम्बन गरिरहेका अन्य देशहरु पनि फिनल्याण्डको यो कदमबाट सतर्क रहनुपर्ने स्थितिमा पुगेका छन् । यसले गर्दा फिनल्याण्डकसँगको ब्यापार र अन्य आर्थिक सम्वन्धमा पनि नराम्रोसँग प्रभावित हुने बताइदैछ । यूरोपको एउटा आधुनिक प्रौद्योगिकीको भण्डारकोरुपमा हेरिदै आएको फिनल्याण्डबाट धेरै देशहरुले रक्षा तथा ऊर्जामा भरपर्ने गरेका हुन् । अब यसको स्थिति के हुने हो अस्पष्ट छ । त्यति मात्र होइन यसले अन्य देशहरुसँगको सम्वन्धमाा पनि असर पारेको छ । अब फिनल्याण्डसँग सम्वन्ध कायम रहेका बिश्वका बिभिन्न देशहरुले रुससँग के कस्तो सम्वन्ध राख्ने हुन् त्यसमाथि पनि सन्देह छ र प्रश्न उठिरहेको छ । ती सबैले सावधानी अपनाउनु पर्ने स्थिति सिर्जना भएको मानिदै छ ।
यसरी बस्तुतः यूक्रेन नाटोमा शामल हुँदाको परिणाम यूक्रेन तथा यूरोप समेत पूरै बिश्वले चिन्ताकासाथ हेरिरहेको प्रतीत हुन्छ । त्यसैले यदि फिनल्याण्ड नाटोमा प्रबेश गरिसके पछि रुसको उत्तरी ढोकासम्म नाटो पुग्ने र त्यसबाट रुसका लागि कुनै न कुनै किसिमको गम्भीर सुरक्षा खतरा पैदा हुने कुरा रुसले मान्दछ भने त्यस स्थितिमा कसैले भन्न सक्दैन कि त्यस्तो बेलामा रुसले कति भयंकर कदम चाल्न सक्ला ।