चालु आर्थिक वर्षको फागुन महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु. ७९४ अर्ब ३२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी समग्र आर्थिक वित्तीय अवस्था प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।
उक्त अवधिमा अवधिमा वैदेशिक रोजगारीका लागि जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । संस्थागत तथा व्यक्तिगत– गरी अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५५९ पुगेको छ ।