वेइजिङ। जन गणतन्त्र चीनको सैन्य अभ्यासले गएकाे शनिबारदेखि ताइवानको ‘परिवेश’ को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ । टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको व्यवस्थित अध्ययन गरिरहेकाे जनाएकाे छ । यस सम्बन्धमा अनलाइन प्रकाशित प्रतिवेदनले अभ्यासको क्रममा चीनले प्रयोग गरिरहेको बिभिन्न हातहतियाहरूकाे विवरण समेत दिएको छ।
ती हतियारहरूमा सीसीटीभीले ‘लामो दूरीको रकेट आर्टिलरी, नौसेना विनाशक, मिसाइल डुङ्गा, वायुसेना लडाकुहरू, बम वर्षकहरू, ज्यामरहरू र रिफ्युलरहरू’ लगायतका सबै युद्धसामग्रीको तैनाथी गरिएको बताएको छ । । एएफपी