शनिबार, आश्विन १७ गते २०८३

फ्रान्सका राष्ट्रपति म्याक्रोंको  चीन भ्रमण: एक चर्चा 


चैत्र २७, २०७९ सोमबार
फ्रान्सका राष्ट्रपति म्याक्रोंको  चीन भ्रमण: एक  चर्चा 

हुन त यतिबेला पश्चिमा शक्तिहरु अमेरिकाको नेतृत्वमा रुसका बिरुद्ध कम्मर कसेर लागेको देखिन्छ । खाशगरी नाटो बिस्तारका कारण रुस–यूक्रेन युद्धको शुरुवात भए पछि पश्चिमा शक्तिहरु एकजुट भएर नै रुसमाथि सबै प्रकारका  प्रतिबन्ध लगाएर जसरी प्रस्तुत भइरहेका छन्  त्यसप्रति पश्चिमा राष्ट्रहरुमध्ये खाशगरी यूरोपेली कतिपय राष्ट्रहरु असन्तुष्ट देखिन थालेका ।

यद्यपि पश्चिमाहरु के भन्दै आएका छन् भने रुसद्वारा यूक्रेनमा आक्रमण शुरु गर्नुभन्दा ठीक पहिला चीन र रुस दुबै देशहरुले आ–आफ्ना राष्ट्रपतिहरुकाो प्रतिनिधित्वमा उनीहरुका बीच ‘असीम मित्रता’को घोषणा गरेका थिए । त्यसयता दुबै नेताद्वारा यो कुरालाई धेरै पटक दोहोराइरहेको पनि पाइन्छ । यो युद्ध चलेको एक बर्ष बितेको र त्यसले कुनै समाधान निस्कन नसकेको तर जन धनको ठूलो क्षति भइरहेको, अर्थतन्त्र डामाडोल बनेको तथा शरणार्थी र मानबीय समस्या चर्केको याबत स्थितिले गर्दा रुसमाथि पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिबन्धले पश्चिमा राष्ट्रहरुलाई नै अप्ठ्यारो परिरहेको कटु अनुभव उनीहरुले गरिरहेका छन् ।

यसै स्थितिको परिप्रेक्षमा युद्ध रोकिन पर्ने र शान्ति कायम गरिनु पर्ने कुरा अघि सार्दै फ्रान्सका राष्ट्रपतिले गएको साता चीनको भ्रमण गरे । तर पश्चिमाहरु भनिरहेका छन् कि उनको यो बेइजिङ्ग भ्रमणको बास्तबिक उदेश्य शान्ति होइन बरु फान्सेली ब्यवसायीहरुको चीनमा पयर जमाउने कुरा यसको अन्तर्य हो । तत्कालिक हिसाबले भन्ने हो भने फान्सेले ठूलो संख्यामा फ्रान्समा निमित बिमानहरु चीनलाई बेच्ने अपेक्षा यस भ्रमणको मूल उदेश् रहेको बताउँदैछन्।

भन्नका लागि त प्रताडित राष्ट्र यूक्रेनकाप्रति कथित स्वतन्त्र देशहरुको एकजुटताका बिषयमा अहिलेसम्म धेरै कुराहरु गरिसकिएका छन् । पश्चिम यूरोप र अमेरिकाका कथित उदारबादी र लोकतान्त्रिक राष्ट्रहरुले यस सम्बन्धमा कसमै खाएका थिए कि उनीहर ‘रुसी निरंकूशता’का बिरुद्ध यूक्रेनको रक्षाका  लागि यूक्रेनको पछाडि दृढताकासाथ खडा हुनेछन् र खडा रहिरहनेछन् ।

यस क्रममा रुसका बिरुद्ध ब्यापक प्रतिबन्ध पनि लगाइयो तर त्यसबाट रुसको तुलनामा पश्चिमा देशहरुलाई नै सम्भवतः बढी नोक्सानी पुग्न गइरहेको छ । बिश्व बजारमा तेलको मूल्य बढ्यो । अब कस्तो लाग्दैछ भने यो अब अस्थिर स्तरमा पुग्नका लागि तयार छ । प्रतिबन्ध, बिश्व आर्थिक सम्भावनाहरुमाथि युद्धको प्रतिकूल प्रभाव र बिकास दरमा कमी तथा बढ्दो मूल्य आदि कुराले सबैमाथि ठूलो बोझ पारेको छ । सँधै लाड प्यार जस्तोमा हुर्केको मानिएको पश्चिमा जगत आज निकै नै चर्को संकटको सामना गरिरहेको र त्यसलाई महसुश पनि गरिरहेको छ । यस्ता कठिनाईहरुको पश्चिमा जगतले बिगतमा अभ्यस्त हुनु परेको थिएन भनिन्छ ।  

त्यसैले अब पश्चिमा देशहरुको संयुक्त मुखुण्डो खुल्न थालेको छ । उनीहरुको कबचमा क्षीण पर्न थालेको देखिदैछ । स्वतन्त्रता र आत्मनिर्णयको अबधारणा या त्यस बिषयमा साना राष्ट्रहरुको क्षेत्रीय अखण्डताको रक्षा गर्नुको साटो कम्तिमा केही देशहरु स्वयंलाई रेखदेख गर्ने माग गर्न थालेका छन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल मेंक्रोको हालै चीनको भ्रमण गरेर बेइजिङ्गलाई यूक्रेन युद्ध समाप्त पार्ने शान्ति मार्गमा चल्नका लागि मनाउन सक्षम हुुनु पर्ने कुरा अघि सार्नुको परिप्रेक्ष अहिले यही रहेको छ । बिश्लेषकहरु के अपेक्षा गरिरहेको भनिन्छ भने यूरोपेली आयोगका प्रमुख ऊर्सूला भान डेर लेयन पनि इमानुएल म्याक्रोंकै जस्तो यात्रमा सामेल हुनेछन् । यद्यपि अहिलेसम्म यो परिदृष्य सामुन्नेमा देखा परिसकेको छ्रैन ।

एउटा अप्रकट पश्चिमा मत के पनि छ भनिन्छ भने चीनको माध्यमले यूक्रेनमा शान्ति ल्याउने यस्तो प्रयास बढीभन्दा बढी एउटा भोलाभाला अर्थात सोझो दृष्टिकोण मात्र हो । यो हताश दिवास्वप्नको अभिब्यक्ति हो । फ्रान्सको पहललाई लिएर पहिलादेखि नै एउटा सनो देशको तर्फबाट आलोचना भइरहेको र लताभियाका बिदेशमन्त्रीले भनेको पनि थियो कि यूक्रेन युद्धमा चीन मध्यस्थ हुन सक्तैन । त्यसको कारण के बताइन्छ भने चीनको बिदेश नीतिमाथि एउटा श्वेत पत्र पहिले नै प्रकाशित गरिसकिएको छ जसमा चीनले रुसी सेना फिर्ता हुने बारेमा केही पनि उल्लेख नगरीकन यूक्रेनमा तत्काल संघर्ष बिराम हुनुपर्ने तर्क दिएको उल्लेख गरिन्छ ।

यस प्रकारका कुराकानीबाट स्पष्ट हुनजान्छ कि यस मामिलामा चीनको सहानुभूति कहाँ छ र चीनको कुनै पनि प्रस्ताव स्वीकार गर्ने कुराको ब्यापक बिरोध यसरी भइरहेको भन्ने पनि पश्चिमाहरुको कथन छ । उनीहरु चीनले यूक्रेनमाथि रुसी आक्रमणको निन्दा नगरेको र चीनका राष्ट्रपतिले त्यो युद्ध शुरु भएपछि यता अहिलेसम्म  यूक्रेनी समकक्षीसँग कुनै कुराकानी नगरेको पनि उल्लेख गरिरहेका छन् र भनिरहेका छन् कि पछिल्लो समय चिनका राष्ट्रपति मास्कोमा आफ्ना ‘सबैभन्दा राम्रा मित्र’सँग सम्वन्ध कायम गरिरहेका छन् ।

उनीहरु भन्दछन् – रुसद्वारा आक्रमण शुरु गर्नुभन्दा ठीक पहिला दुबै देश – चीन र रुस – ले परस्पर असीम मित्रताको घोषणा पनि गरेकै थिए र त्यसपछि यसलाई अनेक पटक दोहोर्याइरहेका पनि छन् । त्यसैले यस सन्दर्भमा फ्रान्सका राष्ट्रपति म्याक्रोंको बेइजिङ्ग यात्रा फ्रान्समा निर्मित बिमानहरु ठूलो संख्यामा चिनका कम्पनीहरुलाई बेच्ने र बढीभन्दा बढी चिनीयाँ बिमान खरिद आदेश प्राप्त हुने सम्भावनाको खोज गर्न फ्रान्सेली राष्ट्रपतिले आफ्ना देशका ५० जना मूख्य कार्यकारी अधिकारी र ब्यापारीहरुको दलबलकासाथ बेइजिङ्गको यात्रा गरेका हुन् ।

यसले आफ्नो स्वतन्त्रता कायम राख्नका लागि यूक्रेनको संघर्षका समर्थनमा यूरोपेली देशहरुका बीचको तथाकथित एकजुटतालाई झूटा साबित गर्दछ । सत्य  हो कि यूरोपेली संघका कयौं सदस्य राष्ट्रहरुले रुसी आक्रामणका बिरुद्ध लड्न यूक्रेनलाई हतियारहरुको आपूर्ति गरिरहेका छन् । अनि चीन यूक्रेन संकटको निराकरणमा अमेरिका र  उससका यूरोपेली सहयोगीहरुका बीच दरार पैदा गर्ने कोशिश गरिरहेको पनि पश्चिमाहरुको आरोप छ । पश्चिमी देशहरुको एकता अहिलेसम्म यूक्रेनका लागि रुसी खतरालाई टार्नका  लागि मूख्य स्थायी कारक रहेको देखिदै आाएको हो ।

यस स्थितिमा आफु स्वयंको आर्थिक स्वार्थमा उत्पन्न नोक्सानीलाई ध्यानमा राखेर फ्रान्सले अब चीनसँग सम्वन्ध पुनः स्थापित गर्नका लागि एकतर्फी प्रयास शुरु गरेको छ । यस फ्रान्सेली कदमले निसन्देह रुसीहरुलाई यूmक्रेनी क्षेत्रको खोजमा प्रोत्साहित गर्ने उनीहरुको अडकल छ । उनीहरु भन्दै आएका छन् कि रुस स्वयं आफ्नो एजेण्डालाई अघि बढाउन यूरोपेलीहरुका बीच एउटा बिभाजन ल्याउने माग गरिरहेको हो ।

अर्कातिर चीनले आत्म उन्नयनको आफ्नो दृष्टिकोणमा फ्रान्सलाई एउटा आज्ञाकारी  राष्ट्र पाएको छ भन्ने कुरा पनि उनीहरु गरिरहेका छन् । यसमा उनीहरु चीनको कथित ‘बिस्तारबाद’को भित्री योजना रहेको पनि प्रचार प्रसार पहिलेदेखि नै गर्दै आएका छन् । फ्रान्सली राष्ट्रपति इमानुएल म्याक्रोंको बेइजिङ्ग भ्रमणपछि पनि अन्तिम परिणाम बखमुतमा रहेको गतिरोधबाट अलग हुन सक्तैन भने अर्कोतिर साऊदी अरब र ईरानका बीचको शान्तिको सफलतापूर्बक मध्यस्थता गरेर चीन निकै आत्मबिश्वासयुक्त बनेको पनि उनीहरुको निष्कर्श छ । अनि यो अमेरिकाको इच्छाको बिपरीत कुरा हो नै । यस्तो स्थिमिा पश्चिमाहरु फान्सले बेइजिङ्गसँग सम्बन्ध पुनस्र्थापना गरेर चिनीयाहरुलाई केही एयसर बस  बेच्ने र बोइङ्ग कम्पनीका बिरुद्ध केही हासिल गर्न सक्ला अरु केही हुँदै भने इर्षाजन्य रोष प्रकट गरिरहेका छन् देखिन्छन् ।