सिर्जना शर्मा
हिजो एक भब्य समाराेहका बीच पल्लव साहित्य प्रतिष्ठानको ‘पल्लव कुम्भ’ नारायणी रिसोर्ट गैंडाकोटमा सम्पन्न भयो । संस्थाका संस्थापक अध्यक्ष गोर्खे साइँलोको अध्यक्षता र प्रा. डा. मोहनप्रसाद तिमिल्सि ज्यूको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कवि सिर्जना शर्माले गरेकी थिइन् ! पूर्व मेची–पश्चिम महाकाली सम्मका १४५ बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७८/७९, द्वारा सम्मान एवम् पुरस्कृत गरिएको थियो ! सम्मानित हुने स्रष्टाहरूमा १) डा. लक्ष्मण गौतम, बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७९, २) डा. दामोदर पुडासैनी, काठमाडौँ - शेषनाथ लामिछाने स्मृति बालसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०७९ ३) चूडामणि नेपाल, विराटनगर म.न.पा.-१, मोरङ - केदारनाथ रिजाल, गुणकुमारी रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७९ ४) कृष्णशरण पौडेल उपाध्याय, देवघाट, चितवन - युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७८, ५) शिव त्रिपाठी, युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७९, ६) विमला पोख्रेल, इनरुवा, सुनसरी, मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान - ७) होमनाथ घिमिरे, भरतपुर-१०, मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७९ ८) गोकर्ण मल्ल, रत्ननगर-२, चितवन, मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान - २०७९ ९) रूपा थापा, विदुर नगरपालिका-१, ढुङ्गे, नुवाकोट, काजीमान तथा नन्दकुमारी/शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७८/७९ द्वारा सम्मान गरिएको थियो !

त्यस्तैगरी यस समाराेहमा विभिन्न विधाका कृतिहरू पनि उक्त समारोहमा विमोचन गरिएको थियो ! जसमा: - गोकर्ण मल्लको सिउँडीको फूल कवितासङ्ग्रह-२०७९) - होमनाथ घिमिरे को गोरेटो -छन्द कवितासङ्ग्रह, २०७९) र जिन्दगीका तरङ्गहरू -छन्द/बहरका गजलसङ्ग्रह, २०७९) - कल्पना अधिकारी भण्डारी परिकल्पना -मुक्तकसङ्ग्रह-२०७९) - विमला पोख्रेल व्यथा र विमलता -छन्द कवितासङ्ग्रह, २०७७) - चिरञ्जीवी दाहाल ग्रिष्मजा -उपन्यास, २०७९) - रामचन्द्र आर. सी.अज्ञात’ सन्ताप -खण्डकाव्य- २०७९) - गोर्खे साइँलोसहित सम्पा. राष्ट्रिय बहरमाला -सङ्युक्त गजलसङ्ग्रह-२, २०७९) विमोचन हुनुका साथै उपस्थित अतिथि स्रष्टाहरूले रचना वाचन गरेका थिए ।