सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को पक्षमा फैसला गरेसँगै नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ।
सर्वोच्चले नयाँ व्यापारिक लाइन्सेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा अधिवक्ता दीपकविक्रम मिश्रको रिट खारेज गर्दै सेबोनको पक्षमा फैसला सुनाएको हो। आज न्यायाधीशद्वय अनील कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासमा यस मुद्दाको पेसी तोकिएको छ। उक्त संयुक्त इजलासले मिश्रको रिट खारेज गरेको हो।
मिश्रले सेबोनले थालेको व्यापारिक लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै गत असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको थियो।