हिमालयन बैंकले काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम मेशिन संचालनमा ल्याएको छ । सबैको लागि बंैक, सबैका लागि बंैकिङ्ग सुबिधा भन्ने उद्देश्यले बंैकले आफ्नो एटिएम सुबिधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेय शान्ति रत्न शाक्य, हिमालयन बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षितले सयुक्त रुपमा उद्घाटन गरेका थिए । । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा लगायत बंैकका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
हाल बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।