शनिबार, आश्विन १७ गते २०८३

कार्बन उत्सर्जनमा कमी ल्याए गर्मीले हुने मृत्यु कम

चैत्र २५, २०७९ शनिबार
कार्बन उत्सर्जनमा कमी ल्याए गर्मीले हुने मृत्यु कम

पछिल्लो नयाँ बैज्ञानिक अध्ययन अनुसार जलवायु परिबर्तनलाई सीमित तुल्याएर बिश्व लक्षलाई पूरा गर्न सकिने छ र मध्य पूर्ब तथा उत्तरी अफ्रिकामा गर्मीबाट हुने गरेको लाखौं मानिसहरुको  मृत्युलाई रोक सकिने छ । फ्रान्सली जर्नल ‘द लासेण्ट प्लानेटरी हेल्थ’मा प्रकाशित शोधमा यो निष्कर्श निकालिएको छ । त्यसमा के भनिएको छ  भने सरदर बिश्व तापमानमा बृद्धिलाई दुइ डिग्री सल्सियशसम्ममा सीमित गर्नका लागि कार्बन उत्सर्जनलाई कम गर्नाले त्यस क्षेत्रमा गर्मीका कारण हुने गरेको मृत्युमा ८० प्रतिशत कमी हुने बताइएको  छ । 
गर्मी बढ्दो छ र बितेको महिना मार्चमा बिश्वकै इतिहासमा अत्याधिक दोश्रो धेरै गर्मी भएको महिना मानिएको थियो । त्यसैले त्यस्तो अत्याधिक गर्मीबाट –हुने गरेको मृत्यु के कति छ त्यसको खोजी बैज्ञानिकहरुले गर्ने गर्दै आएका छन् ।

गर्मीबाट हुन्छ यत्तिका मृत्यु !


बास्तबमा गर्मीको खतराका बारेमा क्षेत्रीय ध्यान त्यतिबेला आएको थियो जतिबेला संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन कोप–२८ को आतिथ्यता आगामी नोभेम्बरमा गर्ने दुबईमा गर्ने तयारी गरिरहेको छ । बिश्वका कयौं देशहरुले पेरिस जलवायु सम्झौता अन्तरगत बिश्व गर्मी(ग्लोबल वार्मिङ्ग)लार्य १.५ डिग्री सेल्सियशसम्ममा सीमित तुल्याउने संकल्प लिएका छन्, जस अन्तरगत कम कार्बन ऊर्जा श्रोतहरुमा परिबर्तनका प्रयासहरुलाई गति प्रदान गरिनु पर्नेछ । 
 लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका बिशेषज्ञहरुको नेतृत्मा गरिएको एउटा अुनसन्धानका अनुसार कार्बन उत्सर्जन कटौति नगरीकन उच्चतम उत्सर्जन परिदृष्यमा यस शताब्दीको अन्त्यसम्ममा क्षेत्रमा प्रति १००००० मा झण्डै झण्डै १६३ जना मानिसहरु गर्मीसँग सम्वन्धित कारणहरुबाट प्रति बर्ष मृत्युको शिकार बन्ने छन् ।


ईरानमा यस्तो मृत्युको जोखिम धेरै 


 यो ईरानमा बर्तमानमा तापमानसँग जोडिएको मृत्यु दरभन्दा ६० गुण बढी र बिश्वको अन्य क्षेत्रको तुलनमा अत्यन्तै बढी हुनेछ । बिश्लेषण गरिएका १९ देशहरुमध्येमा ईरानमा उच्च उत्सर्जन परिदृष्य अन्तर्गत उच्चतम बार्षिक मृत्युदर हुने आहंका बैज्ञानिकहरुको छ । यो दर प्रति बर्ष एक लाख जनसंख्यामा ४२३ हुनसक्ने बताइएको छ ।
 त्यस खोज अध्ययनका प्रमुख लेखकहरुमध्येका एकजना शकूर हाजनतले समाचार एजेन्सी एएफपीलाई बताएका छन् कि ईरानका कतिपय हिस्सामा तापमान धेरै नै बढी हुने सम्भावना रहेको छ । उनले भनेका छन् किक दुइ डिग्री सेल्सियशको लक्षलाई पूरा गर्न बिफल भएमा स्वास्थ्यमाथि ‘बिनाशकारी’ प्रभाव पर्नेछ । हाजातका अनुसार त्यस क्षेत्रका अन्य देशहरुको तुलनामा त्यहाँ मानिसहरु धेरै चाँडो बुढो हुनेछन् ।
 त्यसैले हाजतले भनेका छन् ः ‘क्षेत्रका देशहरुले आफ्ना नागरिकहरलार्य अत्याधिक गर्मीको खतराबाट बचाउनका लागि एयर कण्डिशन र अन्य उपायहरु अबलम्बन गर्नु आवश्यक छ’ । उनले के पनि भनेका छन् भने सार्वजनिक स्वास्थ्य उपायहरु जस्तो कि राष्ट्रिय गर्मी रोकथामा योजना र ‘हिट एलर्ट सिस्टम’ प्रस्तुत गर्न सकिन्छ । उनले थप भनेका छन् – ‘यूरोप,  उत्तरी अमेरिका र एशियाका केही भागहरुमा यो प्रणाली सामान्य छ तर मध्यपूर्बमा छैन’ ।