शनिबार, आश्विन १७ गते २०८३

अर्को चैत्र २४ को उभार आबश्यक

चैत्र २४, २०७९ शुक्रबार
अर्को चैत्र २४ को उभार आबश्यक

निरंकुशताका बिरूध्द अग्रगामी परिबर्तनका लागि जनताको संयुक्त संघर्ष उत्कर्षमा पुगेको दिन चैत्र २४ गतेको नेपालको इतिहासमा एउटा छुट्टै र बिषेस महत्व छ । यो दिन चाहे ०४६ सालको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरोधी संयुक्त जन आन्दोलनकाे कुरा होस वा ०६३ को राजतन्त्र बिरोधी  दोस्रो बृहत संयुक्त  जन आन्दोलनकाो कुरा होस, ती दुबै चैत्र २४ का दिनले देस मा ठूलो जन उभार र संघर्षको हलचलकासाथ देशमा प्रगतिशील परिबर्तन ल्याउनमा अपूर्ब योगदान गरेका हो ।

देशमा निरंकुश  तानाशाहहरुको मुटु थर्काउने ती दिनको योगदान र उपलब्धीहरू रक्षा र बिकास भने देश र जनताको हितमा हुन सकेन । देश अझै पनि अर्को चैत्र २४ को प्रतिक्षामा छ । देशको सार्भैमिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, जनतन्त्रको रक्षा  र  जन जीबिकाका समस्या हल गर्न आज अर्को सचेत जन उभारको सर्बोपरी अबश्यकता बन्न गएको छ ।