
नेपाली राजनीतिमा अहिले यूवाहरुको झिलीमिली चलेको छ । ठीक छ, राजनीतिमा यूवा पंक्ति आउन, नयाँ सोच र भिजन सहीत आउनु त झन राम्रै कुरा हो ।
अहिले राजनीतिमा आएका बूढो पिढीमा माथि ७५–८० बर्षदेखि तल ६५–७० बर्ष उमेरसम्मका छन् भने यूवाहरु ३०–३५ बर्षदेखि ५० बर्ष उमे समूहसम्मका छन् । खाशगरी संघीय संसद र प्रदेश संसदमा ।यद्यपि राजनीतिमा उमेर धेरै हुँदैमा यो अयोग्य छ, सोच्न सक्तैन, क्रियाशील हुन सक्तैन भन्न पनि सकिदैन । साथै थारै उमेर अर्थात २५÷३० बर्षका लक्का जवान हुँदैमा राजनीतिक चेतना उठेको, क्रियाशील र योग्य हुन्छन् भन्न पनि सकिदैन । राजनीति नै सबै नीतिहरुको तीति हो र यदि देशमा राजनीति सही ट्रयाकमा हिडेन र डिाउन सक्ने नेता, नेतृत्वको बिकास भएन भने देश, प्राकृतिक श्रोत साधन सबै कुराले भरीपूर्ण भए पनि देश बिकास हुन सक्तैन ।
सही, दूरदर्शी, नेपाली माटो, नेपाली जनता चिनेका, नेपालको कला सँस्कृतिको महत्व बुझेको, आफ्नो नाभीमा बसाएको बिनाको वासना थाहा पाउने नेताको नितान्त अभाव अहिले नेपाली राजनीतिमा निकै नै खट्किएको महसुश भएको छ । एउटा योग्य नेतामा हुनु पर्ने गुणहरुमध्ये धेरै गुण भएका नेताहरुमा पुराना पुस्ता खाशगरी राणा शासनको अन्त्यतिर देखि ३० को दशकसम्म –आइपुग्दा राजाहरु मध्ये महेन्द्र, प्रजातान्त्रिक आन्दोलनका शीखर पुरुषहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भटराई र कम्युनिष्ट आन्दोलनका सुत्रधार तथा मार्गदर्शक सर्बोच्च नेता तथा बाम–लोकतान्त्रिक आन्दोलनका आन्दोलनका सुत्रधार तथा शीर्ष पुरुष कमरेड पुष्पलाल हुनुहुन्थ्यो । उहाँहरुका अतिरिक्त सुदूर पश्चिम नेपालमा उदाएका किसान नेता, भिमदत्त पन्त पनि एक गर्ब गर्न लायक अबिस्मरणीय नेता हुनु हुन्थ्यो ।
बिडम्बना ! नेपालको राजनीतिमा हामल मूलधारका मानिएका राजनीतिक पार्टीहरु,काग्रेस, एमाले, माओवादी(केन्द्र)र अन्य पार्टीहरु एबं मधेशबादी दलका नेताहरुमा पनि पार्टीको शीर्षस्थ स्थान र सरकारको पनि शीर्षस्थ स्थनमा रहेर रजगज गर्ने अवसर पटक पटक लिए पाएका नेताहरुले पनि देशलाई असफलताको दिशातिर लगिरहेको महसुश आज नेपाली जनताले गर्नु परिरहेको छ । देशको मूख्य समस्या कहाँनेर छ र के हो ? चाहे आत्मनिर्भरताको कुरा गरौ या समृद्धिको कुरा, आधारभूत क्षेत्र कृषि र सो पेशा अपनाउने किकसन समस्यालाई संबाधन गर्नेतिर ध्यान दिएको पटक्कै आभास हुन्दैन । केवल टालटुले नीति अपनाउर मूल समस्याबाट पर भागेर, भगाएर अल्मल्याउने नीति नै अघि सारेको देखिन्छ ।
नेपाली राजनीतिमा उदाएकाके भनेका केही यूवाहरु प्नि सतही, चटके र राजनीति गरेर बजामा हल्ला गर्ने र देश बिदेश घुमेर त्यहाँ कयौं बर्ष मिहिनेत गरर इमानदारप्ूर्बक शताब्दीऔंदेखि विकास गर्दै आएका देशहरुको अन्ध सिको गरेर कथा सुनाउनु बाहेक केही गर्ने सोच ब्यबहारिकरुपमा देखिदैन । यसप्रति गम्भीर हुन र जोड दिन समेत नेपाली यूवाशक्ति बाट अपेक्षा लिइएको छ ।
भरतपुर, चित्तवन
बद्रीनाथ अधिकारी