शनिबार, आश्विन १७ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी र नेकपा मार्क्सबादी (पुष्पलाल) एक हुने निष्कर्शमा

चैत्र २२, २०७९ बुधबार
नेपाल कम्युनिष्ट पार्टी र नेकपा मार्क्सबादी (पुष्पलाल) एक हुने निष्कर्शमा

नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट मार्क्सबादी(पुष्पलाल) बीच एकता हुने भएकाे छ । कमरेड पुष्पलालले नेपालकाे मुक्ति र प्रगतिकाे निम्ति अघि सारेकाे क्रान्तिकाे मूलबाटाे नयाँ जनबादी क्रान्तिकाे कार्यभार पूरा गरी समाजबादमा पदार्पण गर्ने सामन्तबाद साम्राज्यबाद बिराेधी संघर्षकाे दिशामा क्रियाशील दुइ पार्टीहरू अलग अलग रहँदा याे संघर्ष कमजाेर भएर गइरहेकाे र यसकाे सुदृढीकरण गर्दै सम्पूर्ण निष्ठाबान क्रान्तिकरी कम्युनिष्ट, बाम तथा सच्चा लाेकतन्त्रबादी जन समुदाय समेतकाे एकताकाे खाेजी गर्न बाधा पुगिरहेकाे र देशमा बाह्य हस्तक्षेप चर्काेरूपमा बढ्दै गएकाे तथा देशकाे स्वाधीनता, जनतन्त्र, नागरिक स्वतन्त्रता र जन जीबीका नै गम्भीर खतरामा पर्दै गएकाे यथार्थ तीब्ररूपमा महसुश गरी एकताकाे अन्तिम निष्कर्शमा पुगेकाे प्रकाशित संयुक्त प्रेस बिज्ञप्तिमा जनाइएकाे छ । 

दुइ पार्टीका अध्यक्ष क्रमश लाेकनारायण सुबेदी र मानध्वज गुरूङ्गले एक संयुक्त बिज्ञप्ति प्रकाशित गर्दै उक्त निकर्शमा पुगकाे जनाएका छन् । करीब दुबै पार्टीका केन्द्रिय नेतृत्वका कमरेडहरूकाे करीब ४ घण्टासम्म चलेकाे संयुक्त बैठकमा  राष्ट्रिय अन्तर्राष्टिय स्थितिका बारेमा गम्भीर छलफल पश्चात् एकताकाे अपरिहार्यता र अनिबार्यताकाे निष्कर्शमा पुगेकाे बिज्ञप्तिमा जनाइएकाे छ । 

बैठकमा दुबै पार्टीका केन्द्रिय समितिका कमरेडहरूका अतिरिक्त पुष्पलाल अध्ययन समाजका उप महासचिव क. मुकुन्द आचार्यकाे पनि उपस्थिति रहेकाे थियाे । बिज्ञप्तिकाे पूर्ण बिवरण यस प्रकार छ :

संयुक्त प्रेस बिज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीं मार्क्सबादी (पुष्पलाल)का केन्द्रिय नेतृत्वका बीच आज संयुक्त बैठक बस्यो । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदी,नेपाल कम्युनिष्ट पार्टी मार्क्सबादी (पुष्पलाल)का अध्यक्ष मानध्वज गुरूङ्ग तथा पुष्पलाल अध्ययन समाजका उपमहासचिव मुकुन्द आचार्य लगायत दुबै पार्टीका १४ जना केन्द्रिय नेतृत्वका कमरेडहरूको उपस्थिति रहेको थियो ।  दिनको १.३० बजेदेखि ४ बजेसम्म चलेको संयुक्त बैठकले चौतर्फीरुपमा बिग्रदो  बर्तमान संगीन राष्ट्रिय तथा अन्तर्राष्टि परिस्थितिको  परिप्रेक्षमा सबै निष्ठाबान क्रान्तिकारी कम्युनिष्टहरु देश  जनताका समस्या र संकटलाई निकास दिने कमरेड पुष्पलालको परिपक्क दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिको वरिपरी  एकताबद्ध भएर नयाँजनबादी क्रान्ति सम्पन्न गर्दै समाजबादमा पदार्पण गर्न अग्रसर हुन  अपरिहार्य र अनिवार्य भएको महत्वपूर्ण निष्कर्शकासाथ निम्न लिखित निर्णयमा पुगेको छ । 

 

Jointmeeting2.jpgदुइ पार्टीका संयुक्त निर्णयहरू

१.देशमाथिको बढ्दो साम्राज्यबादी तथा एकाधिकार पूँजीवदी शक्तिहरुको दख्खल हस्तक्षेप र देशको लाचार, यथास्थितिबादी संसदीय सत्ताले देश र जनताका समस्या हल गर्न नसक्ने स्पष्ट भइसकेको र भइरहेको सन्दर्भमा सम्पूर्ण निष्ठाबान क्रान्तिकारी कम्युनिष्टहरु, बापन्थी शक्तिहरु र क्रान्तिकारी लोकतन्त्राबादी समुदायलाई राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीबिकाका समस्या समाधान गर्न  पहिले कहिल्यैभन्दा बढी दृढताकासाथ एकताबद्ध र संघर्षशील हुन बैठकले जोडदार  आह्वान र आग्रह  गरेको छ । 

jointmeeting.jpg

२.मार्क्सबाद लेनिनबाद माओ बिचारधाराका आधारमा कमरेड पुष्पलालले अघिसारेको नयाँजनबादी क्रान्ति र समाजबादमा संक्रमणको कार्यक्रमलाई पूर्णरुपेण अंगीकार गर्दै र बर्तमान सन्दर्भमा त्यसलाई अझ दृढताकासाथ माथि उठाउदै र बिकसित गर्दै दुइ पार्टी सिद्धान्ततः एकताबद्ध हुन यो संयुक्त बैठक अन्तिम निष्कर्शमा पुगको छ । 

३.बैठकले एकताको प्रकृयालाई तदारुखताकासाथ अघि बढाउने र  कतिपय स्पष्ट हुन नसकेका बिषयहरुमा ध्यान केन्द्रित गर्दै परस्पर छलफल र अन्तरक्रियाट तिनको समाधानको खोजी गर्ने र त्यस्ता छलफलहरुलाई निरन्तरता दिदै जाने पनि प्रष्ट निर्णय गरेको छ ।

  द.........                                                                                     द............

लोकनारायण सुबेदी                                                                          मानध्वज गुरूङ्ग

अध्यक्ष                                                                                          अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी                                                                नेकपा मार्क्सबादी (पुष्पलाल)

 

२०७९ चैत्र २२