बुधबार, भाद्र ३ गते २०८३

डा. स्वर्णिम वाग्ले लिखित अतृप्त अबसर अध्ययन गर्दा

चैत्र २०, २०७९ सोमबार
डा. स्वर्णिम वाग्ले लिखित अतृप्त अबसर अध्ययन गर्दा

Badri.jpg
बद्रीनाथ अधिकारी


विद्वान युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले बृटेन लगायत विश्वका विभिन्न विकसित देशका विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो एक प्रकारको पहिचान बनाउन सफल युवा मानिनुहुन्छ । उहाँले लेख्नु भएका लेख रचनाहरु विश्वका विकसित भनिने देशहरुदेखि विश्वका विकासशील र अल्प विकसित देशका अर्थतन्त्रहरु के कसरी चलेका छन् ? त्यहाँको राजनीतिक प्रणाली खाशगरी शासन, सुशासनका कुरा अनि विभिन्न समयमा बेलायत, अमेरिका, फ्रान्स जर्मनी, पूर्वी एशिया, चीन, जापान, भारत नेपाल लगायतका देशहरु विकास हुनु र पछि पर्नुका कारणहरुमा राजनीतिक प्रणाली, शासन औद्योगिकरण, छिमेकी राष्ट्रहरुसँगको सम्वन्ध र समस्याहरुको बारेमा  गर्नु भएको उहाँको विश्लेषण  खाशगरी आर्थिक विकास, पछाडि पर्नुका कारणहरु आदि उहाँले औंल्याउनु भएको छ । उहाँका लेखहरुको सँगालो ‘अतृप्त अवसर’ सर्सरी पढ्दा मैले यही पाए ।  ती कुराहरुसँग असमहत हुनुपर्ने कारण म पनि देख्दिन ।

तर जहाँसम्म नेपालले अपनाएको राजनीतिक प्रणाली र प्रणाली स्थापित गरी स्थायित्व दिन नसक्नुका कारक तत्वहरु, नेपाली जनताका मूल समस्या, यहाँको पेशागत समस्या र जोड दिनुपर्ने क्षेत्र, श्रोत साधनको हिसाबले खाशगरी प्राकृतिक श्रोत साधनले भरीपूर्ण मुलुक हुँदाहुँदै पनि किन विकास हुन सकेको छैन ? यसको दोषी पक्ष को र किन हो ? समस्या को कसबाट सिर्जित छ ? त्यसको समाधानका तत्कालीन उपाय के हुन् अनि दीर्घकालीन उपाय के हुन् भन्ने कुरा भने ठोसरुपमा बिद्वान यूवा अर्थशास्त्रीका रचनामा पाउन पाए राम्रो हुन्थ्यो कि  ? भन्ने मलाई लागेको छ । अपेक्षा गरौं भोलिका दिनमा आउने छन् । 

भरतपुर, चित्तवन